बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

वेलकम खबर
बैशाख २१, २०७७

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरू भएको छ।बैठकमा संसद अधिवेशन बोलाउने बारे छलफल हुने बताइएको छ।सरकारले वैशाख अन्तिम सातादेखि संसदको बजेट अधिवेशन बोलाउने तयारी गरेको छ।सामाजिक दूरी कायम गरि संसदको अधिवेशन गराउन व्यवस्था समेत मिलाइएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार संसद भवनको बैठक चलाउन भइरहेको तयारीबारे निरीक्षण गरेका थिए।संवैधानिक व्यवस्थाअनुसार सरकारले हरेक वर्ष जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्नु पर्छ।

बजेट ल्याउनुअघि सरकारले संसदमा नीति तथा कार्यक्रम ल्याउनुपर्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*