मन्त्री योगेश भट्टराई आगलागी प्रभावित क्षेत्र ताप्लेजुङमा

वेलकम खबर
बैशाख २१, २०७७

काठमाण्डौ । संस्कृती पर्यटन तथा नागरीक उडड्यन मन्त्री योगेश भट्टराई आगलागी भएको क्षेत्रको अवलोकन र विस्थापितलाई भेट्न  गृह जिल्ला ताप्लेजुङ पुग्नु भएको छ ।

मन्त्री भट्टराई सँग प्रदेशसभा सदस्य टंक आङबुहाङ र  बिपद  ब्यवस्थापनका प्रमुख अनिल पोखरेल पनि  ताप्लेजुङ पुग्नु भएको हो ।

गृह जिल्ला पुगेका मन्त्री भट्टराईले निर्माणाधिन सुकेटार एयरपोर्टको निरीक्षण समेत गर्ने कार्यक्रम रहेको छ ।

मन्त्री भट्टराई आगलागी भएको क्षेत्रको अवलोकन र प्रभावितलाई भेटेर आज नै काठमाडौ फर्कनु हुने  ।

ताप्लेजुङ जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री भट्टराईले हिजो शनिबार नै एक प्रेस विज्ञप्ति जारी गर्दै आगलागी भएको क्षेत्रको पुर्नस्थापनामा आफ्नो तर्फबाट आवश्यक पहल गर्ने बताएका थिए ।

मन्त्री भट्टराईले आगलागीबाट धनमाल गुमाएका जिल्लावासी दिदीबहिनी, दाजुभाइहरुप्रति सहानुभूति समेत व्यक्त गरेका छन् ।

शुक्रबार राती भएको आगलागीले ताप्लेजुङ सदरमुकममा ८ घर जल्दा ७ करोड बढीको क्षती भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*