पर्यटन मन्त्री भट्टराईले लगातार आठ घण्टा सुने सांसदको गुनासो

वेलकम खबर
बैशाख १९, २०७७

काठमाडौं बैशाख १९ । सँस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले आर्थिक वर्ष २०७७÷७८ को नीति,कार्यक्रम तथा बजेटमा सम्बन्धमा प्रदेशगतरुपमा संघीय सांसदहरुसँग दुई दिन छलफल गरेका छन ।
मन्त्री भट्टराईले विहिवार र शुक्रवार गरी १५१ जना साँसदहरुको आगामी आ.वको नीति कार्यक्रम तथा बजेटको सम्बन्धमा सुझाव तथा सल्लाह लिएका हुन । शुक्रवार विहान साढे १० बजे देखि बेलुका साढे ६ बजे सम्म आठ घण्टा मन्त्री भट्टराईले साँसदहरुको सुझाव तथा गुनासो सुनेका हुन ।
शुक्रवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने बागमति प्रदेश, २ प्रदेश, गण्डकी प्रदेश र ५ न प्रदेशका साँसदहरुको सुझाव तथा राह लिएका छन भने विहिवार प्रदेश न १, सुदुरपश्चिम र कर्णाली प्रदेशका सांसदहरुसँग छलफल गरेको मन्त्रालयले जनाएको छ ।
शुक्रवार भएको छलफलमा नेकपाको सचेतक तथा सांसद देव गुरुङले कोराना कारण पर्यटन क्षेत्रमा सवै भन्दा बढी क्षति भएको भन्दै पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकास गरेर अघि बढन मन्त्री भट्टराईलाई सुझाव दिएका थिए सचेतक गुरुङले पर्यटनलाई स्थानीय उत्पादनसँग जोडदै आन्तरिक पर्यटय प्रबद्धनमा गर्न माग गरेका थिए । साँसद हरिवोल गजुरेलले कृषि,पर्यटन र उर्जा नै मूल आधार भएको बताउदै निजगढ विमानस्थले चाडो बनाउन माग गरे । सांसदहरुले विगतको परम्पराको अन्त्य गर्दै समानुपातिक, समावेशी र सन्तुलनका आधारमा बजेट वितरण गर्नुपर्नेमा विशेष जोड दिएका थिए ।
प्रदेश न ३ का साँसदरुको भाषा,कला,सँस्कृति धर्मको जगेर्ना गदै उपत्यकालाई पर्यटकिय तथा धार्मिक सर्किटको रुपमा विकाश गर्न माग गरेको छन । त्यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको बिकल्पको रुपमा निजगढ विमानस्थल बनाउन चाडो शुरु गर्नु आग्रह गरे ।
सांसदहरुले साना साना कार्यक्रम नल्याई एक निर्वाचन एक पर्यटन कार्यक्रम ल्याउन समेत माग गरेको छन ।
मन्त्री भट्टराई छलफलले पर्यटन क्षेत्रमा राष्ट्रिय धारणा बनेको बताउर्दै बिगतका कार्यक्रम यथावत राख्दै नयाँ कार्यक्रम आउने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*