प्रदेशै पिच्छे सांसदको समूह बोलाएर छलफल गर्दै ओली, साथमा प्रचण्ड पनि

वेलकम खबर
बैशाख १०, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशैपिच्छे सांसदहरुलाई बालुवाटार बोलाएर छलफल गरिरहेका छन्। उनले राजधानीमा संघीय सांसदहरुलाई प्रदेशगत आधारमा समूह–समूह बोलाई सरकारले जारी गरेको अध्यादेशका बारेमा छलफल गरिरहेको बालुवाटार निकट स्रोतले जानकारी दियो।

स्रोतका अनुसार छलफलमा नेकपामा अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी छन्। नेकपाका सांसदहरुलाई मात्रै छलफलमा बोलाएका प्रधानमन्त्री ओलीले सूदुर पश्चिमका सांसदहरुसँग छलफल गरेपछि १ बजे राष्ट्रिय सभाका सांसदलाई बोलाइएको छ। त्यसैगरी ४ बजे प्रदेश ५ का सांसदलाई बोलाइएको स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सरकारले भर्खरै ल्याएको अध्यादेशबारे पार्टीका सांसदहरुको धारणा बुझ्ने उद्देस्यले छलफलमा बोलाएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*