नेपालमा एकैदिन १४ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ३० पुग्यो

वेलकम खबर
बैशाख ५, २०७७

नेपालमा एकैदिन शुक्रबार १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा काेराेना भाइरसबाट संक्रमितहरूको संख्या ३० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ दिएको जानकारीअनुसार उदयपुर १२ र चितवन दुई गरी १४ जनामा कोरोना संक्रमण भेटिएको हो ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये उदयपुरका १२ मध्ये सबै पुरुष छन् । उनीहरू क्रमशः ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका छन् ।

चितवनमा भेटिएका दुईजनामध्ये एकजना २७ वर्षीय र अर्का ६३ वर्षीय पुरुष छन् । उदयपुरका संक्रमितहरू भुल्केस्थित एक मस्जिदका हुन् भने चितवनमा भेटिएका संक्रमितहरू राप्ती नगरपालिकाका हुन् ।

नेपालमा पहिलोपटक १० माघमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसयता बिहीबार (४ वैशाख) सम्म संक्रमितको संख्या १४ पुगेपछि एकैदिन भेटिएको अधिक संक्रमित संख्या तीन मात्र थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*