दुईटै विश्वयुद्ध नियालेकी १०६ वर्षीया महिला, जसले कोरोनालाई जितिन्

वेलकम खबर
बैशाख ५, २०७७

धरान । चीनको बुहानबाट कोरोनाभाइरसको महामारी फैलिँदै गर्दा मृत्यु हुनेको उमेर ६० वर्षभन्दा माथि रहेको तथ्याङ्क सार्वजनिक हुँदै थियो । र, मर्ने दर पनि बालबालिका, युवाभन्दा बढी वृद्धवृद्धा नै थिए ।

तर, अचम्म बेलायतमा १०६ वर्षीया वृद्धाले भने कोरोनाभाइरसलाई जितेर नयाँ जीवन प्राप्त गरेकी छन् । कोन्नीई टिट्चन नामकी १०६ वर्षीया बेलायती वृद्धाले कोरोनाभाइरसलाई जितेर नयाँ रेकर्ड बनाएकी छन् । कोरोनालाई जितेर फर्किएकी महिलाको रूपमा अहिले उनलाई बोलाइने गरिएको छ ।

तीन साताअघि उनलाई कोरोना देखिएको थियो । कोरोना देखिएपछि उनलाई वीरमिङ्म सिटी अस्पतालमा भर्ना गरिएको थियो । ‘उहाँ हाम्रो सबैभन्दा पाको उमेरको बिरामी हुनुहुन्थ्यो, जसले कोरोनाभाइरसलाई जित्नुभयो’–अस्पतालले भनेको छ, ‘हामीलाई लाग्छ, उहाँ यो देशकै सबैभन्दा पाको उमेरको महिला हुनुहुनछ ।’

उपचारमा खटिएका नर्सहरूले उनलाई बधाई मात्रै दिएनन्, उनको सहयोगका लागि खटिएका थिए । उनलाई ह्वीलचियरमा हालेर घरसम्म पु¥याउँदै कोरोनाभाइरसलाई जितेकोमा धन्यवाद दिएका थिए । कोरोनालाई जितेकी वृद्धाले भनिन्, ‘म आपूmलाई एकदमै भाग्यमानी ठान्छु, कोरोनाविरुद्ध लडेँ’ उनले भनिन्, ‘मेरा परिवारलाई भेट्न कदापी ढिला गर्दिन ।’ उनी सन् १९१३ सेप्टेम्बरमा जन्मिएकी हुन् । जसले दुई वटा विश्वयुद्धलाई नजिकबाट देखिन् । त्यसो त मध्यमार्चमा उनलाई सिटी हस्पिटलमा निमोनियाको आशङ्मा भर्ना गरिएको थियो । उनी कोरोनाभाइरसबाट पनि पीडित बनेकी थिइन् ।

‘हामी सोच्नै सक्दैनौं, उहाँ कोरोनाबाट रिकोभर हुनुभएकोमा’ अस्पतालकी नर्स केल्ली स्मिथले भनिन्, ‘यो हाम्रो लागि अकल्पनीय हो । जुन काम हामीले गरेर देखाइदियौँ ।’blastkhabar

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*