लकडाउनमा उपयोगी हुनेछ यी घरेलु ओखती

वेलकम खबर
बैशाख ३, २०७७

अपच भयो, ग्याष्ट्रिक भयो, पखला चल्यो । के गर्ने रु यी सामान्य अवस्थमा अस्पताल धाइरहनु पर्दैन । अहिले अस्पताल धाउने अनुकुलता पनि छैन । त्यसैले कतिपय शारीरिक समस्या भएमा घरेलु उपचार खोज्नु उपयुक्त हो । त्यसो त हाम्रो भान्सामा उपलब्ध बेसारदेखि ज्वानोसम्मले औषधिको काम गर्छ ।

एसिडिटी
– एक कप पानीमा तीन वटा सुकुमेलको पाउडर मिसाएर उमाल्ने । त्यसलाई चिसो बनाएर पिउनुपर्छ ।

(केहि तुलसीको पत्ता राम्ररी पखाल्ने र चपाउने ।

(एक चम्चा मेथी दानामा थोरै पानी मिसाएर पेस्ट बनाउने, त्यसलाई छानेर रस पिउनुपर्छ ।

भान्साको ओखती बेसार अनेक फाइदा
वान्ता

– ल्वाङको एक टुक्रा मुखमा राखेर चपाउने । त्यस्तै एक कप पानीमा चार–पाँच वटा ल्वाङ राखेर उमाल्ने र सेलाएपछि पिउने ।

– १–१ चिया चम्चा पुदिना र कागतीको रसमा एक ठूलो चम्चा मह मिसाएर पिउने ।

(१ चिया चम्चा अदुवाको रस र कागती मिसाएर पिउने ।

रुघाखोकीमा घरेलु ओखती
कब्जियत

(हरेक दिन आधा ग्लास मनतातो पानीमा आधा चम्चा भुटेको जिरा पाउडर सेवन गर्नाले कब्जियत ठीक हुन्छ ।

(दिनमा दुई पटक एक चिया चम्चा त्रिफला पाउडर र मह मिसाएर सेवन गर्नाले कब्जियतमा आरम मिल्छ ।

(आधा ग्लास पालुङ्गोको जुसमा आधा ग्लास पानी मिसाएर दिनमा तीन पटकसम्म पिउनुपर्छ ।

भान्साको ओखती औषधीय गुणले भरिपूर्ण लसुन
अपच

– १ गिलास तातो पानीमा चुट्कीभर हिंग र बीरे नुन मिलाएर दिनमा तीन पटक पिउनुपर्छ ।

– १ गिलास तातो पानीमा एक कागतीको रस, एक ठूलो चम्चा बेकिङ सोडा र चुट्कीभर नुन मिसाएर पिउने आरम मिल्छ ।

(१ कप पानीमा थोरै पुदिनाको पात मिसाएर तीनचार मिनेट उमाल्ने । त्यसपछि छानेर उक्त रसमा मह मिसाएर पिउनुपर्छ ।

पुदिना जे आउँछ, मज्जाले पचाउँछ
झाडापखला

(अदुवाको एक सानो टुक्रा पोल्ने र त्यसमा एक चिया चम्चा मह मिसाएर सेवन गर्ने ।

(पाकेको केरालाई दहीमा मिसाएर सेवन गर्नाले पनि झाडापखला ठीक हुन्छ ।

(दुई ठूलो चम्चा दहीमा आधा चिया चम्चा मेथीदाना र जिरा मिसाएर सेवन गर्ने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*