परिवारको सदस्यको मृत्यु संस्कारमा जाने बाहेकलाई सवारी पास नदिने
काठमाडौँ । कोरोना भाइरस महामारीका कारण नेपालमा गत चैत ११ गते देखि लकडाउन अपनाइएको छ । सरकारले अत्यावश्यक काम कारबाही बाहेकका लागि सवारी पास नदिने निर्णय गरेको छ ।
तर जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख ३ गतेबाट सवारी पास नदिने जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै सवारी पासको अत्यधिक माग बढेको र लकडाउन उलङ्घन हुने अवस्था सिर्जना भएको भन्दै बुधवारबाट सवारी पस नदिने जनाएको छ । आफ्नो परिवारका सदस्यको मृत्यु संस्कारमा जाने बाहेकलाई सवारी पास नदिने प्रशासनले जनाएको छ ।
हेर्नुहाेस सुचना




















