सनसिटीमा बस्ने संक्रमितका दुई कामदारसहित ‘ब्लक ए’ का सबैको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ

वेलकम खबर
बैशाख ३, २०७७

काठमाण्डौ । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोना संक्रमितको ब्लकमा काम गर्ने दुई जना कामदारसहित ुब्लक एु मा बस्ने सबैको र्‍यापिड टेस्टको नतिजा नेगेटिभ देखिएको छ।

बुधबार बिहान गरिएको परीक्षणमा संक्रमित बस्ने ब्लक ‘ए’ का २ सय ४२ जनाकै र्‍यापिड टेस्टको नतिजा नेगेटिभ आएको हो। दुई जना कामदारको थप पिसिआर परीक्षणको लागि स्वाब पनि लिइएको छ।स्वाब परीक्षणको नतिजा आएपछि कामदारहरूमा कोरोना भाइरस रहेको वा नरहेको भन्ने प्रस्ट हुन्छ।गत चैत ५ गते बेलायतबाट आएका एकै परिवारका दुई सदस्य९आमा र छोरा०लाई कोरोना पोजेटिभ देखिएपछि सो अपार्टमेन्टमा रहेकाको आजबाट र्‍यापिड टेस्ट सुरू गरिएको हो।

संक्रमित दुई जना पाटन अस्पतालको आइसोलेसनमा छन्।सोही परिवारका अर्का एक जना महिला(बुहारी)को पनि परीक्षण गर्दा पहिलो चरणमा रिपोर्ट नेगेटिभ आएको थियो। उनको दोस्रो चरणमा परीक्षण हुनेछ। उनी पनि अस्पतालमै छिन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*