निशेधाज्ञा जारी गर्दै ताप्लेजुङ प्रशासनले ग¥यो सवारी पास बन्द
निशेधाज्ञा जारी गर्दै ताप्लेजुङ प्रशासनले ग¥यो सवारी पास बन
खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १८ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले संक्रामक रोग नियन्त्रण ऐन र स्थानीय प्रशासन ऐन बमोजिम आउँदो चैत २५ गते मध्यरात सम्म निशेधाज्ञा जारी गर्दै अत्यावश्यक सेवा बाहेक अन्य प्रयोजनमा सवारी पास बन्द गरेको छ ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले मंगलवार एक सूचना जारी गर्दै निशेधाज्ञाको उल्लंघन गर्ने व्यक्तिलाई कानुनी कारवाही गर्ने चेतावनी दिएका छन् । अत्यावश्यक काम बाहेक अन्य प्रयोजनमा सवारी पास बन्द गरिएको समेत प्रजिअको सूचनामा उल्लेख गरिएको छ । उनले अन्तर जिल्ला सवारी पास त ठप्पै भएको जानकारी समेत दिए ।‘प्राप्त कार्यविधि अनुसार नै यसो गरिएको हो’प्रजिअ निरौलाले बताए । जिल्ला प्रशासन कार्यालयले संक्रामक रोग नियन्त्रण ऐन बाहेक स्थानीय प्रशासन ऐन समेतको प्रावधानलाई टेकेर निशेधाज्ञा जारी गरेको छ । यो एक हिसाबले क¥फ्यु समान मानिन्छ । संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा२(२) र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम प्रशासन कार्यालयले निशेधाज्ञा जारी गरेको छ । निशेधाज्ञा जारी भएको समयमा औषधि उपचार,खाद्य बस्तु जस्ता अत्यावश्यक काम बाहेक कुनैपनि व्यक्ति घरबाहिर निस्कन नपाउने तथा अनुमति प्राप्त सवारी साधन,स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन प्रयोग गर्नलाई प्रशासनले बन्देज गरेको जनाएको छ ।



















