चीनबाट मेडिकल सामग्री लिएर फर्कियो विमान

वेलकम खबर
चैत्र १६, २०७६

काठमाडौं : चीनमा मेडिकल सामग्री लिन गएको नेपाल एयरलाइन्सको जहाज नेपाल आइपुगेको छ । शनिबार चीन गएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज मेडिकल सामाग्री लिएर आइतबार बिहान साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको सँस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले जानकारी दिएको छ।

विमान चीनको ग्वान्जओबाट १२.६६ टन अत्यावश्यक औषधि र अन्य मेडिकल उपकरण सहित विमान नेपाल आई पुगेको मन्त्रालयले जनाएको छ।

मेडिकल सामग्री लिन विमान शनिबार दिउँसो चीन प्रस्थान गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*