सरकारको बोल्ड निर्णय : अव घरमै खाद्यवस्तु डेलिभरी

वेलकम खबर
चैत्र १३, २०७६

काठमाडौं, चैत १३ । कोरोना भाइसरको संक्रमण फैलन नदिन मंगलवारबाट १८ गतेसम्म लकडाउन गरेको सरकारले खाद्यवस्तुको अभाव हुन नदिन होम डेलिभरी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

कोरोना समन्वय समितिको बुधबार बसेको बैठकले ठूला खाद्य स्टोर तथा पसलहरुले आवश्यक खाद्यवस्तुहरु होम डेलिभरी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो । यसका लागि गृह मन्त्रालयले सीमित संख्याका सवारी साधानलाई अनुमति दिने निर्णय पनि गरेको छ ।

समितिको बैठकले औषधि खाद्य वस्तु, पानी, दूध, फलफुल, तरकारी, पशुपन्छी र माछाको दाना कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधानलाई सुचारु गर्ने पनि निर्णय गरेको छ। यस्ता सवारी साधनले यात्रु ओसारपसार गर्न भने पाउने छैनन। स्थानीय तहले वडास्तरमा दूध, तरकारी, फलफुल लगायत अन्य खाद्यवस्तु विक्री वितरण गर्ने र ग्राहकहरुबीच भौतिक दूरी कायम हुनेगरी सञ्‍चालन गर्न सहजीकरण गर्ने पनि निर्णय भएको छ।

यस्तै, इन्डक्सन चुल्होमा प्रोत्साहन गर्न सरकारले भन्सार महसुल छुट दिने व्यवस्था मिलाउने जनाएको छ। ‘इन्डक्सन चुल्हो प्रयोग गर्न प्रोत्साहन दिन अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले समन्वयगरी विद्युत महसुल र भन्सार छुट दिने व्यवस्था मिलाइने छ,’ समितिको निर्णयमा उधृत गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ तथा सञ्चार एवं सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*