केही दिनमा मृगाैला फेर्दैछु : प्रधानमन्त्री
धानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले केही दिनमा आफ्नो मिर्गौला प्रत्यारोपण गराउने बताएका छन् ।
नेकपाले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले मिर्गौला प्रत्यारोपणपछि पनि आफू उत्तिकै सक्रियताका साथ काममा लाग्ने बताएका छन् ।
‘अहिले म दैनिक १७/१८ घन्टा काम गरिरहेको छु । अब केही दिनमै किड्नी फेर्दैछु । किड्नी फेरेपछि पनि मेरो सक्रियता घट्ने छैन,’ ओलीले भने, ‘पाँचौं दिनसम्म बिरामी भए पनि छैठौं दिन काममा फर्किहाल्छु ।’
‘तुइँन बिस्थापन, नयाँ झोलुङ्गे पुल निर्माण, कालोपत्रे सडक बनाएका छौं । सडक बालबालिका र रोगी अशक्तलाई संरक्षण गरेका छौं । दुई वर्षमा यो भन्दा बढी कति विकास चाहिएको हो ?’ उनले प्रश्न गरे ।



















