शिवपुरी हाईकिङको तयारी पुरा
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्धन गर्ने उदेश्यका साथ ताप्लेजुङ्ग समाजले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यता रहनेगरी तय गरिएको पदयात्रा (हाइकिङ) को तयारी पुरा भएको छ । ।
अहिले सम्म १६०० टिकट बिक्री भइसकेको र उक्त दिन दुई हजार माथिको संख्यामा उपस्थिति रहने विहिवारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो । संस्थाको तर्फबाट १५० जना स्वयमसेवक तयारी गरेको जनाएको छ । भ्रमण वर्षको अवसरमा नेपाल घुम्न आएका १०० जनाभन्दा बढी विदेशी पर्यटकलाई भ्रमण वर्ष २०२०को सचिवालयसँगको सहकार्यमा विशेष सम्मानका साथै हाइकिङ्गमा सहभागी गराउने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । यदि कोहि अचानक विरामी भएको खण्डमा २ वटा एम्बुलेन्सको तयारी व्यावस्था गरिने पनि बताएका छन् ।

कार्यक्रमलाई व्यवस्थित गर्न समाजका उपाध्यक्ष रमेश बरालको संयोजकत्वमा युवराज गुरुङ, इन्द्रबहादुर शेर्पा, टिकाराम गुरुङ, तारादेवी लिम्बु, अग्नि पौडेल रहनुभएको छ भने सदस्य सचिवमा चैतन्य तुम्बाहाङ्फे लगायतको सात सदस्यीय मूल व्यवस्थापन समिति साथै २२ वटा उपसमिति गठन गरिएको छ । युवराज गुरुङको नेतृत्वमा संघसंस्था समन्वय , योगेन्द्र नेयोङको नेतृत्वमा आर्थिक व्यवस्थापन, साँस्कृतिक व्यवस्थापनमा याङ्गजोम शेर्पा, प्रचारप्रसारमा लोकेश लिबा , खानपिन व्यवस्थापनमा हरि थापा, टी सर्ट वितरणमा देउमान विष्ट, सरसफाई संयोजनमा मिङ्गमा कामी शेर्पा, पर्यटन व्यवसायीसँग सम्बन्धित संघ संस्था संयोजनमा संगम शेर्पा, स्वयंसेवक व्यवस्थापनमा मान थलङ्ग र नामावली दर्ता व्यवस्थापन उपसमितिमा तिलप्रसाद लिम्बु रहेका छन् । त्यसैगरी प्राथमिक उपचार व्यवस्थापनमा टिकाराम गुरुङ, एम्बुलेन्स व्यवस्थापनमा इन्द्रबहादुर शेर्पा ,महिला सहभागी संयोजन समितिमा तारादेवी लिम्बु रहेका छन् भने सांसद पासाङ्ग शेर्पाको नेतृत्वमा अनुगमन विशेष समिति निर्माण गरिएको छ ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, सांसद ,विभागीय विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति तथा सम्बन्धित क्षेत्रका जनप्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ । पर्यटन व्यवसायी, कलाकार, पत्रकार, विदेशी पर्यटक, जिल्लाका विशिष्ट व्यक्ति र विभिन्न पेशा तथा व्यवसायमा आवद्दहरुकोसहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
भ्रमण वर्षको अवसरमा नेपाल घुम्न आएका १०० जनाभन्दा बढी विदेशी पर्यटकलाई भ्रमण वर्ष २०२०को सचिवालयसँगको सहकार्यमा विशेष सम्मानका साथै हाइकिङ्गमा सहभागी गराउने समितिका सदस्य सचिब चैतन्य तुम्बाहाङ्फेले बताए । उनका अनुसार बिहान ७ बजे बुढानिलकण्ठस्थित तपेस रिसोर्टबाट सुरु भई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मुहानपोखरी, नागी, गुम्बा, तारेभिर हुँदै १५ किमिको बाटो तय गर्दै नारायण डाँडाँमा रहेको ‘अल्टिमेट भेन्यु रिसोर्ट’ पुगी खानपानका साथै साँस्कृतिक कार्यक्रमसमेत गरिनेछ ।
युवराज गुरुङको नेतृत्वमा संघसंस्था समन्वय , योगेन्द्र नेयोङको नेतृत्वमा आर्थिक व्यवस्थापन, साँस्कृतिक व्यवस्थापनमा याङ्गजोम शेर्पा, प्रचारप्रसारमा लोकेश लिबा , खानपिन व्यवस्थापनमा हरि थापा, टी सर्ट वितरणमा देउमान विष्ट, सरसफाई संयोजनमा मिङ्गमा कामी शेर्पा, पर्यटन व्यवसायीसँग सम्बन्धित संघ संस्था संयोजनमा संगम शेर्पा, स्वयंसेवक व्यवस्थापनमा मान थलङ्ग र नामावली दर्ता व्यवस्थापन उपसमितिमा तिलप्रसाद लिम्बु रहेका छन् ।
यस्तै प्राथमिक उपचार व्यवस्थापनमा टिकाराम गुरुङ, एम्बुलेन्स व्यवस्थापनमा इन्द्रबहादुर शेर्पा ,महिला सहभागी संयोजन समितिमा तारादेवी लिम्बु रहेकी छन् भने सांसद पासाङ्ग शेर्पाको नेतृत्वमा अनुगमन विशेष समिति निर्माण गरिएको मुल समितिका संयोजक रमेश बरालले बताएका छन्।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, सांसद ,विभागीय विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति तथा सम्बन्धित क्षेत्रका जनप्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ । पर्यटन व्यवसायी, कलाकार, पत्रकार, विदेशी पर्यटक, जिल्लाका विशिष्ट व्यक्ति र विभिन्न पेशा तथा व्यवसायमा आवद्दहरुकोसहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
तुम्बाहाङ्फेका अनुसार बिहान ७ बजे बुढानिलकण्ठस्थित तपेस रिसोर्टबाट सुरु भई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मुहानपोखरी, नागी, गुम्बा, तारेभिर हुँदै १५ किमिको बाटो तय गर्दै नारायण डाँडाँमा रहेको ‘अल्टिमेट भेन्यु रिसोर्ट’ पुगी खानपानका साथै साँस्कृतिक कार्यक्रमसमेत गरिनेछ ।



















