ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यू

वेलकम खबर
फाल्गुन १५, २०७६

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ ।

बुधबार साँझ मैवाखोला गाउँपालिका ३ साँघु चारभाई स्थित सडकबाट को ३ त ९३ नम्बरको ट्याक्टर १० मिटर तल खसेको हो । दुर्घटनामा ट्याक्टरका सह–चालक सोही गाउँपालिका १ बस्ने १८ वर्षीय खगेन्द्र भनिने खेमराज दमाईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्का सूचना अधिकारी प्रहरी निरीक्षक विष्णू बहादुर खड्काले जानकारी दिए ।  दुर्घटनामा घाइते भएका चालक मेरिङदेन गाउँपालिका ४ का २१ वर्षीय पासाङ तेन्जि शेर्पालाई थप उपचारको लागि ताप्लेजुङबाट रेफर गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*