सिदिङ्वाले चुम्यो मेयर कपको उपाधि
ताप्लेजुङ । यस बर्षको अन्तरपालिका स्तरीय मेयर कप भलिबलको उपाधि सिदिङवा गाउ पालिकाले जितेको छ । फुङलिङ नगरपालिकाले पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको अवसरमा आयोजित मेयर कपको सोमवार भएको फाईनल खेलमा सिदिङ्वाले मेरिङदेनलाई हराउदै उपाधि जितेको हो । त्यस्तै तेस्रो स्थान सिरिजंघा र मिक्वाखोला भएका छन । बिजेता संस्कृत पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराईले पुरस्कार वितरण गर्नु भएको थियो ।
बिजेताले रनिङ कप सहित नगद दुई लाख र प्रमाण पत्र हात पारेका छन भने उप बिजेताले एक लाखमा चित्त बुझाउनु परेको छ । तेस्रो हुनेले २५ हजार प्राप्त गरेका छन । भलिवल खेलमा एक नगरपालिका र अन्य आठ गाँउ पालिका गरी जम्मा १० सहभागिता फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले जानकारी दिनुभयो ।



















