अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तीव्र, १७ उपसमिति गठन (भिडियो सहित )

वेलकम खबर
फाल्गुन ६, २०७६

काठमाडौं । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आगामी बैशाख १९ देखि २५ गतेसम्म हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका लागि विभिन्न उपसमितिहरु गठन गरी तयारीको सुरुवात गरिएको छ ।

सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयमा बसेको ‘२५ सय ६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन २०७७ आयोजक समिति’को बैठकले विभिन्न उपसमिति गठन गरेको हो । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा समितिका अध्यक्ष योगेश भट्टराईले अन्तर्राष्ट्रिय सम्मेलन ब्यवस्थापन उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति, वृक्षारोपण तथा सरसफाई उपसमिति, अनुष्ठान कार्यका लागि उपसमिति, प्रदेश समन्वय उपसमितिलगायतका विभिन्न १७ वटा उपसमिति गठन गरिएको जानकारी दिए ।

उनले बैशाख १९ देखि २५ गतेसम्म सप्ताहव्यापी कार्यक्रमहरु सञ्चालन गरिने र २३ गते तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन हुने बताए । सम्मेलनमा स्थानीय नगरपालिकाहरुको नेतृत्वमा विभिन्न थेमेटिक सेसन सञ्चालन हुने र अन्तिम दिन २५ गते लुम्बिनी क्षेत्रमा विश्व शान्ति ¥याली आयोजना गरिने मन्त्री भट्टराईले जानकारी दिए ।

सम्मेलनमा करिब २५ देशका ३२ राज्यका प्रतिनिधिहरुलाई निमन्त्रणा पठाउन लागिएको मन्त्री भट्टराईले जानकारी दिए । यसबाहेक विश्वभरका बौद्ध धर्मसँग सम्बन्धित संघसंस्था तथा प्रतिष्ठानहरु, बौद्ध विद्वान धर्मगुरु तथा व्यक्तिहरुले पनि सम्मेलनमा सहभागिता जनाउने छन् ।

त्यस्तै, खर्च र व्यवस्थापनका लागि ‘कार्य सम्पादन तथा आर्थिक कार्यविधि २०७६’ निर्माण भइसकेको समेत उनले बताए । सम्मेलनका लागि सरकार, लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड, भ्रमण वर्ष सचिवालय र व्यक्तिगत तथा संस्थागत तवरबाट बजेटको व्यवस्थापन हुने सेमत मन्त्री भट्टराईले बताए

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*