नव नियुक्त कानुनमन्त्री तुम्बाहाम्फेद्वारा पदभार ग्रहण

वेलकम खबर
फाल्गुन ५, २०७६

काठमाण्डौ । नव नियुक्त कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा। शिवमाया तुम्बाहाङ्फेले पदभार ग्रहण गरेकी छन् ।

धानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री नियुक्त गरेकी हुन् ।

नव नियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिएकी थिइन् । त्यसपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हालेकी हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा अपराह्न आयोजित समारोहमा राष्ट्रपतिबाट नवनियुक्त मन्त्री तुम्वाहाङ्फेले शपथ लिएकी थिइन् ।

नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनलाई मन्त्री पदमा आजै नियुक्त गरेकी हुन् । यसअघि उक्त मन्त्रालयको कार्यभार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका थिए ।

डा। तुम्वाहाङ्फे यसअघि उपसभामुख थिइन् । सभामुखको निर्वाचनका लागि मार्गप्रशस्त गर्ने क्रममा उनले गत माघ ६ गते उपसभामुखबाट राजीनामा दिएकी थिइन् । उनी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का तर्फबाट प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित सांसद हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्ष उपस्थित थिए । मन्त्रिगण, नेपाल सरकारका मुख्य सचिव, संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, प्रधानसेनापति र अन्य सुरक्षा निकायका प्रमुख तथा सरकारका उच्च अधिकृतको पनि सो अवसरमा उपस्थिति थियो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७४ साल फागुन ३ गते गठन भएको मौजुदा मन्त्रिपरिषद्को यो आठौं हेराफेरी एवं पुनगर्ठन हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*