पूर्व सभामुख निर्दोष ठहर

वेलकम खबर
फाल्गुन ५, २०७६

काठमाडौं, । काठमाडौं जिल्ला अदालतले पूर्व सभामुख कृष्णबहादुर महरालाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो । महराविरुद्ध परेको बलात्कारसम्बन्धी मुद्दाको आज फैसला सुनाएको हो । महराका पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायत ८ वकिलले बहस गरेका थिए ।

सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलले जवाफ दिएका थिए । महराविरुद्ध करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र दायर गरिएको थियो ।

महरामाथि संसदकी एक कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेको थियो । सोही आरोपका कारण महराले प्रतिनिधिसभाको सभामुखबाट राजीनामा समेत दिनु परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*