आगलागीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

वेलकम खबर
माघ २७, २०७६

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी हुँदा उडान अवतरण ठप्प भएको छ।
विमानस्थलको डिपार्चरतर्फको भागमा रहेको कफीसपमा आगलागी हुँदा विमानस्थल बन्द भएको टावरले जानकारी दिएको छ।

विमानस्थलको टावर ब्रिफिङका अनुसार आगालगानीका कारण यो समाचार तयार पार्दासम्म आधा घण्टादेखि बन्द रहेको छ।

अध्यागमन पास गरेर जहाज चढ्न जानुअघि यात्रु बस्ने कोठसँगै जोडिएको कफीसपमा विद्युत सर्ट हुँदा आगलगानी भएको विमानस्थल प्रमुख देवेन्द्र केसीले जानकारी दिएका छन्।

विमानस्थल बन्द भएपछि काठमाडौं विमानस्थलमा अवतरणका लागि आएका जहाज आकाशमै होल्डमा परेका छन्।

आगलगानी नियन्त्रण भएपछि विमानस्थलले सेफ्टी अडिट गरेपछि मात्र विमानस्थल पुनस्सञ्चालन हुने छ।सेतोपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*