पाथीभरा महोत्वसको तयारी तिब्र,महोत्सवमा उपराष्ट्रपति प्रमुख अतिथी !

वेलकम खबर
माघ २७, २०७६

काठमाण्डौ ।ताप्लेजुङमा आगामी फागुन ९देखि १३ गते सम्म हुने  पाथीभरा म्याराथन तथा मेची पर्यटन तथा महाेत्सवकाे तयारी चरण विन्दुमा पुगेको छ ।
महोत्सव सम्पन्न गर्न काठमाण्डौ सहयोग तथा समन्वय समितिको सोमवार बसेको बैठकले महोत्सवको प्रमुख अतिथीमा उपराष्ट्रपति नन्दबहादुर पुन मगरलाई लैजाने निर्णय गरेको छ । साथै सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई विशिष्ट अतिथी  बनाईने भएको छ ।

महोत्सवको मुख्य प्रायोजकमा पर्यटन ब्यवसायी हिमालय गाईड्सका ईश्वरी पौडेल रहने समेत टुङो लागेको छ । यस्तै गरी तयारीको सन्दर्भमा महोत्सवमा सहभागी हुन जानेहरुको लागि सिता एयर र यति एयरले अतिरिक्त उडान भर्ने छ । प्रचार प्रसारलाई तिब्रता दिन साथै महोत्सवको तयारीको बारेमा जानकारी दिन आगामी शुक्रवार फागुन २ गते काठमाण्डौमा पत्रकार सम्मेलन गर्ने निर्णय गरेको कुरा महोत्वस काठमाण्डौ समन्वय समितिका प्रचार संयोजक टंक श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवमा फागुन ९ गते कलश यात्रा, पर्यटन क्षेत्र अवलोकन हेलिकप्टरबाट,कृषि मेला प्रर्दशनी औद्योगिक हस्तकला तथा शिल्पकला प्रर्दशनी,खाद्य परिकार महोत्सव,पिलो फाईट,हाडी फुटाई,बुद्धिचाल प्रतियोगिता आरम्भ, लोक साँस्कृतिक कार्यक्रम फागुन १० गते मेयर कप भलिबल प्रतियोगिता,खाद्य परिकार महोत्सव,कृषि तथा औद्योगिक हस्त तथा शिल्पकला प्रर्दशनी ,प्याराग्लाईडिङ्ग,भेडिगोठ तथा चौरी अवलोकन ,भाले झार्ने,पर्यटकिय क्षेत्र बृत्त चित्र प्रर्दशनी ,लोक साँस्कृतिक कार्यक्रम,फागुन ११ गते मेयर कप भलिबल प्रतियोगिता ,फुङफुङे झरना भ्रमण तथा अवलोकन ,पर्यटन क्षेत्र अवलोकन हेलिकप्टरबाट ,प्याराग्लाईडिङ्ग, भेडिगोठ तथा चौरी अवलोकन,खाद्य परिकार महोत्सव,कृषि तथा औद्योगिक हस्त तथा ,शिल्पकला प्रर्दशनी,डोरी तान्ने खेल,पर्यटकिय क्षेत्र वृत्त चित्र प्रर्दशनी, लोक साँस्कृतिक कार्यक्रम,फागुन १२ गते मेयर कप भलिबल प्रतियोगिता,तिनजुरे मिल्के जल्जले (टि.एम.जे.) क्षेत्र अवलोकन भ्रमण,प्याराग्लाईडिङ्ग भेडिगोठ तथा चौरी अवलोकन, पर्यटन क्षेत्र अवलोकन हेलिकप्टर बाट , फोटो प्रदर्शनी, कृषि तथा औद्योगिक हस्त तथा शिल्पकला प्रर्दशनी,खाद्य परिकार महोत्सव ,बुद्धिचाल प्रतियोगिता, पर्यटन प्रबर्धन सम्वन्धि अन्तरक्रिया,लोक साँस्कृतिक कार्यक्रम र फागनु १३ गते ७ः३० बजे खुल्ला म्याराथन,०७ः४५ बजे महिला हाफ म्याराथन,पुष्पवृष्टि कार्यक्रम ( प्याराग्लाईडिङ्गबाट), पर्यटन क्षेत्र अवलोकन हेलिकप्टरबाट,कृषि तथा औद्योगिक हस्तकला, शिल्पकला प्रर्दशनी, खाद्य परिकार महोत्सव,लोकझाकी प्रर्दशनी तथा लोक साँस्कृतिक कार्यक्रम, (स्थानीय जाति जनजाति ),पुरस्कार तथा सम्मान पत्र बितरण, समापन कार्यक्रमसाँझ सामुहिक साँस्कृतिक महोत्सव सम्पन्न गर्न ताप्लेजुङमा पाथीभरा देवि संरक्षण तथा सम्बद्धन समितिका अध्यक्ष तारानाथ घिमिरेको संयोजकत्व र पाथीरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेको संहसंयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति र ४१ सदस्यीय सचिवालय पनि गठन गरेको छ भने महोत्सवलाई सफल बनाउन काठमाण्डौमा पूर्व संविधान सदस्य पासाङ शेर्पाको संयोजकत्वमा सहयोग समिति गठन भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*