सय विदेशी सहित बृहत हाईकिङ हुदै

वेलकम खबर
माघ २७, २०७६

काठमाण्डौ । नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुरयाउने उद्देश्यले काठमाण्डौको शिवपुुरीमा विदेश सहित बृहत्त पदयात्रा (हाईकिङ) हुने भएको छ । ताप्लेजुङ समाज नेपालले आउदो फागुन १७ गते शनिवार शिवपुरी जंगलमा बृहत्त पदयात्रा आयोजना गर्न लागेको हो ।


ताप्लेजुङ समाज नेपालका उपाध्यक्ष तथा हाईकिङ आयोजनाका संयोजक रमेश बरालले एक सय जना नेपाल घुम्न आएका विभिन्न देशका विदेशीहरु हाईकिङको लागि सम्पर्कमा आई सकेको बताउनुभयो । हाईकिङ बुढानिलकण्ठ मन्दिर परिसरबाट शिवपुरी राष्ट्रिय निकुञ्जको मनमोहक दृश्य अवलोकन गदै नागी गुम्बा, तारेभिर हुदै सेल्फी डाँडा सम्म २ हजारको उपस्थितिमा हाईकिङ हुने संयोजक बरालले बताउनुभयो ।


कार्यक्रमलाई व्यवस्थित उपाध्यक्ष बरालको संयोजकत्वमा सात सदस्यीय मूल व्यवस्थापन समिति बनाएको छ । जसमा सहसंयोजक युवराज गुरुङ, इन्द्रबहादुर शेर्पा, टिकाराम गुरुङ, तारादेवी लिम्बु, अग्नि पौडेल साथै सदस्य सचिवमा चैतन्य तुम्बाहाङफे रहेका छन् ।


त्यस्तै १३ वटा उपसमिति बनाउँदै समाजले हाइकिङ्गको पूर्ण तयारी गरेको छ । युवराज गुरुङको नेतृत्वमा संघसंस्था समन्वय उपसमिति, योगेन्द्र नेयोङको नेतृत्वमा आर्थिक व्यबस्थापन उपसमिति, साँस्कृतिक व्यबस्थापनमा याङ्गजोम शेर्पा, प्रचारप्रसारमा लोकेश लिबाङ , खानपिन व्यबस्थापनमा हरि थापा, टीसर्ट वितरणमा देउमान बिष्ट, सरसफाई संयोजन उपसमितिमा मिङ्गमा कामी शेर्पा, पर्यटन व्याबसायीसँग सम्बन्धित संघ संस्था संयोजनमा संगम शेर्पा , स्वयंसेवक व्यबस्थापनमा मान थलङ्ग ,नामावली दर्ता व्यबस्थापनमा तिलप्रसाद लिम्बु रहेका छन् ।
यस्तै प्राथमिक उपचार व्यबस्थापनमा टिकाराम गुरुङ, एम्बुलेन्स व्यबस्थापनमा इन्द्रबहादुर शेर्पा ,महिला सहभागी संयोजन समितिमा तारादेवी लिम्बु साथै माननीय पासाङ्ग शेर्पाको नेतृत्वमा अनुगमन बिशेष समिति बनाउँदै विभिन्न जिम्मेवारी बाँडफाँड गरेको समितिका संयोजक रमेश बरालले बताएका छन्। कार्यक्रममा विभिन्न राजनीतिक दलका बिशिष्ठ नेताहरु, सम्बन्धित क्षेत्रका सांसदहरु, ,विभागीय प्रमुखहरु, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरु, सम्बन्धित क्षेत्रका जनप्रतिनिधिहरु ,पर्यटन व्याबसायीहरु, कलाकार, पत्रकार, बिदेशी पर्यटकहरु, जिल्लाका विशिष्ट व्यक्तिहरु ,बिविध पेशाकर्मीहरु साथै आम जिल्लाबासीहरुको सहभागिता रहनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*