विवादमा बुहारीको हत्या गरेकाे आराेपमा एक जना पक्राउ

वेलकम खबर
माघ २४, २०७६

ताप्लेजुङ – पाथीभरा याङवरक गाउँपालिका-२ थेचम्बुको खाल्टेमा शुक्रबार जेठाजुले बुहारीकाे हत्या गरेका छन् ।

४३ वर्षीय कर्णकुमार लिम्बूले ३५ वर्षीय बुहारी सुकमाया लिम्बूलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी प्रमुख डीएसी ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो ।गाउँपालिकाका अध्यक्ष केशर मेन्याङ्बोले भाइ (मृतक सुकमायाका श्रीमान) नभएको बेला घरमा आएर विवाद गरी घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको टेलिफोनमार्फत जानकारी दिनुभयो ।

अध्यक्ष लिम्बूका अनुसार दाजुभाइमा अंशसम्बन्धी पुरानाे विवाद रहेको र कर्णकुमारले भाइ घरबाहिर गएको बेला बुहारीकाे हत्या गरेका हुन्।

हत्या आराेपित कर्णबहादुरलाई प्रहरीले नियन्त्रणमा लिइसकिएको र मृतककाे शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल लागिँदै गरेको प्रहरीले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*