ओलम्पिक च्याम्पियनद्धारा नेपालको तालमाथि हक्की र स्केटिङ (भिडियो सहित)

वेलकम खबर
माघ २४, २०७६

काठमाण्डौ । पर्वतीय खेल पर्यटनलाई प्रबर्द्धन गर्न भन्दै सगरमाथा क्षेत्रको गोक्यो तालमा आइस हक्की र स्की स्केटिङ प्रतियोगिता हुने भएको छ।

नेपाल गन्तव्यको प्रबर्द्धन गर्ने र तत्काललाई भ्रमण वर्ष २०२० लाई सहयोग पुग्नेगरी फागुन २ गते मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरिएको भ्रमण वर्ष नेपाल २०२० कासंयोजक सुरज बैद्यले जानकारी दिए।

आइस हक्की र आइस स्केटिङलाई भ्रमण वर्ष २०२० को नयाँ नेपाली प्रडक्टका रुपमा ल्याउने आफूहरुको उद्देश्य रहेको उनको भनाइ छ।

गोक्यो क्षेत्रमा ६ वटा मुख्य तालहरु छन्। योक्षेत्रलाई रामशार क्षेत्र घोषणा गरिएको छ। तालमा अहिले हिउँ जमेका कारण खेलका लागि उपयुक्त भएको आयोजकको भनाइ छ। अमेरिकी विशेषज्ञले स्थलगत अध्ययनबाट पनि उपयुक्त देखिएको वैद्यले बताए। https://www.youtube.com/watch?v=iCJfEFOAiCQ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*