कुखुराको मासुको मूल्य बढाउनेलाई सरकारले कारबाही गर्ने

वेलकम खबर
माघ २१, २०७६

काठमाडौं । कुखुराको मासुको भाउ बढाउने व्यवसायीलाई सरकारले कारबाही गर्ने भएको छ ।कुखुराको मासुको भाउ अस्वभाविकरुपमा बढाएर किलोको चार सय २० रुपैयाँ पुर्‍याउँदा पनि सरकार चुप रहेको भन्दै उपभोक्ताले आक्रोश व्यक्त गरिरहेका बेला वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीलाई कारबाही थाल्ने तयारी गरेको हो ।

मूल्य बढ्नुको कारणबारे पोल्ट्री, दाना, अण्डा र कुखुरापालक सङ्घलाई स्पष्टीकरण सोधेको र मङ्गलबारसम्म चित्तबुझ्दो जवाफ नआए बुधबारबाट कारबाही प्रक्रिया थाल्ने विभागले जानकारी दिएको छ ।

डेढ महिना अघिसम्म दुई सय ५० रुपैयाँ किलो रहेको कुखुराको मासुको भाउ व्यापारीले चार सय २० रुपैयाँ पुर्‍याएका छन् ।

बिहे, वनभोजलगायतका कारण मासुको माग बढी हुने महिनामै व्यवसायीले मासुको भाउ बढाएका हुन् ।

व्यापारीले लागत मूल्य नपाएको भन्दै गएको मङ्सिर २९ गतेदेखि १० दिनसम चल्ला र चल्ला उत्पादन गर्न ठिक्क पारेका अण्डा नष्ट गरेका थिए । त्यसको असर डेढ महिनापछि बजारमा देखिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*