तोक्पेगोला क्षेत्रलाई रामसार क्षेत्र घोषणा गरिने

वेलकम खबर
माघ २१, २०७६

काठमाण्डौ । अन्तराष्ट्रिय क्षेत्रमा ताप्लेजुङको तोक्पेगोलालाई चिनाउने उद्देश्यले रामसार क्षेत्रमा सुचिकृत गर्न अभियान शुरु गरिएको छ ।
ताप्लेजुङ जिल्लाको मिक्वाखोला वडा ४ साँवाको माथिल्लो क्षेत्र र वडा ५ पापुङ क्षेत्र र मेरिङदेन गाउपालिकाको वडा ६ नाल्बुको माथिल्लो क्षेत्रलाई रामसार क्षेत्रमा सुचिकृत गर्नका लागि काठमाण्डौमा सरोकारवालाहरुको भेला गरेर तोक्पेगोला रामसार सुचिकरण सम्बन्धि बृहत्त अन्तक्रिया गरिएको. छ ।
विश्व सिमसार दिवसको अवसर पारेर गरिएको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले तोक्पेगोला क्षेत्रलाई रामसार क्षेत्रमा घोषणा गर्न उपयुक्त हुने बताउनुभयो । मन्त्री भट्टराईले ताप्लेजुङको सो क्षेत्र जैविक विविधताले भरिपूर्ण रहेको बताउदै प्रकृति र जलवायु मानवको लागि अन्यन्तै अनुकुल रहेको बताउनुभयो । उहाँले प्रकृतिको संरक्षण गदै विकास पनि संगसगै लैजानुपर्ने धारणा ब्यक्त गर्नुभयो । पछिल्लो समयमा वातावरण क्षेत्रमा पारेको प्रभावमा, जलवायु र वातावरण विषय सरकारको गंभिर चासो बढेको समेत बताउनुभयो ।
संविधान सभा सदस्य पासाङ शेर्पाले सो क्षेत्रमा सिमान्तकृत ढोक्प्या जातिको पुखौली बसोवासको थलो, ९५ भन्दा धेरै ठूला साना ताल,सिमसार क्षेत्र, जलाधार क्षेत्र,विभिन्न रैथाने जातिका बनस्पतिहरु भएको उच्च हिमाली क्षेत्र भएकोले रामसार क्षेत्र घोषणा गर्न सवै भन्दा उपयुक्त हुने बताउनुभयो ।
मिक्वाखोला गाउपालिका,तोक्पेगोला समाज सेवा समिति,तोक्पेगोला रामसार क्षेत्र सुचिकरण अभियानको सयुक्त आयोजनामा भएको कार्यक्रममा तोक्पेगाला क्षेत्रमा पर्यापर्यटनको सभ्भावना र अवसर,होमस्टेको सभ्भावना र अवसर रामसार क्षेत्रको सुचिकरणको मापदण्डको बारेमा कार्यपत्र प्रस्तुत गरिएको. थियो । कार्यक्रममा संविधान सभा सदस्यहरु,प्रदेशसभा सदस्यहरु राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई तोक्पेगोला रामसार पर्यटकिय क्षेत्र घोषण अभियान प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गराईएको थियो.।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*