स्वतन्त्रता सेनानी सम्मान तथा पुरस्कार विरही र बिष्ट लाई
ताप्लेजुङ। नेपाल पत्रकार महासंघ पा“चथर शाखाले बर्सेनी प्रदान गर्दै आएको स्वतन्त्रता सेनानी सम्मान तथा पुरस्कार यो वर्ष नेपाल पत्रकार महांघका पूर्व सभापति हरिहर विरही र पूर्व अध्यक्ष डा.महेन्द्र बिष्टलाई प्रदान गर्ने भएको छ ।
जनही ३३ हजार ३३३ रुपैंया राशि रहेको पुरस्कारको निर्णय आइतवार भएको हो । पुरस्कार भने गणतन्त्र दिवसको दिन आगामी जेठ १५ गते प्रदान गर्ने पत्रकार महासंघका अध्यक्ष लवदेव ढुङगानाले वताए । यो पुरस्कारवाट यसअघि पत्रकार महासंघका पूर्वसभापती तथा अध्यक्षहरु किशोर नेपाल, तारानाथ दाहाल, बिष्णु निष्ठुरी, शिव गाउ“ले सम्मानित भईसकेका छन ।
महासंघले वर्षभरी बिभिन्न संघसंस्थाले प्रदानगर्ने पुरस्कारवाट पुरस्कृत हुनेको नामपनि सिफारिस गरेको छ । ढुङगानाका अनुसार फिदिम नगरपालिकाले प्रदान गर्ने नगर विकास पत्रकारिता पुरस्कारकालागि नागकि दैनिकका गिरिराज बा“स्कोटा र पा“चथर एफएमका कविन्द्र शेर्मा, फिदिम स्पोर्टिङ क्लवद्धारा सञ्चालित प्रजापति जालपादेवी नेपाल खेलकुद पत्रकारिता पुरस्कारकालागि नेपाल न्यूज डट कमका जंगवहादुर तामाङलाई सिफारिस गरिएको छ ।
यी पुरस्कारको राशि जनही १० हजार छ । हरिचरण भद्रमाया वातावरण पत्रकारिता पुरस्कारवाट सुमात्लुङ एफएमका शान्तिदेवी राई र उज्यालो नेटवर्कका उपेन्द्र एकतेनलाई सिफारिस गएिको छ । जेठ १५ सम्ममा प्रदान गरिने सबै पुरस्कारको २०७६ र ७७ कालागि निर्णय गरिएको महासंघले जनाएको छ ।



















