ताप्लेजङ साँझ भब्यरुपमा सम्पन्न (फोटो फिचर तथा भिडियो सहित )

वेलकम खबर
माघ १८, २०७६

काठमाण्डौ । कलाकारहरुको लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले आयोजना भएको ताप्लेजुङ साँझ भब्य रुपमा काठमाण्डौमा सम्पन्न भएको छ ।


ताप्लेजुङ सरोकार केन्द्रले आयोजन गरेको कार्यmक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई प्रमुख अतिथी रहनु भएको थियो ।

प्रज्ञा भवनमा १५ सय दर्शकका साथ ताप्लेजुङ साँझ चर्चित कलाकारहरु राजेशपायल राई,मेलिना राई,चर्चित हास्य कलाकार मनोज गजुरेल,झुमा लिम्बु कञ्चन थलङ,वीरेन्द्र श्रेष्ठ,विना भट्टराई, लगायत एक दर्जन कलाकारहरुको प्रस्तुती रहेको थियो ।


कार्यक्रममा प्रदेश स्तरीय नृत्य, च्याबुङ नाच,स्याबु्र नाच, लाखे नाच, धान नाच लगायतका साँस्कृतिके नृत्य प्रस्तुत गरिएको थियो । मन्त्री भट्टराईले ताप्लेजुङका कलाकारहरुको लागि अक्षयकोषको शुभारम्भ गदै आफुले ३ लाखको दिने बताउनुभयो ।


जिल्लाको कलाकारहरुको लागि ५० लाख बरावरको अक्षयकोष स्थापना हुने सरोकार केन्द्रका अध्यक्ष्बा चित्रगुप्त साँवाले बताउनुभयो ।

उहाँले अहिले शुरुमा १५ लाखबाट शुरु गर्ने बताउदै तीन बर्षमा ५० लाख पुरयाउने बताउनुभयो । ताप्लेजुङ साँझले विरामी भएर काठमाण्डौमा उपचार गरी रहनु भएका ताप्लेजङ कलाकार सुसन साम्सोहाङलाई ५० हजार सहयोग गरेका छ । भने मिस मंगोल २०१९ लाई पनि ५० हजार सहयोग गरेको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*