ताप्लेजुङ साँझ हेर्न प्रज्ञा भबन जाऔ
काठमाण्डौ । माघ १७ गते शुक्रवार काठमाण्डौको प्रज्ञा भबनमा हुने ताप्लेजुङ साझको सम्पूर्ण तयारी पुरा भएको छ । ताप्लेजुङ सरोकार केन्द्र, काठमाण्डौले ताप्लेजुङको कलाकारहरुको लागि अक्षयकोष स्थापना तथा शिक्षा बञ्चित बालबालिकाहरुको लागि छात्रबृत्ति प्रदान गर्ने उद्देृश्यले आयोजना गर्न लागेको ताप्लेजुङ साझको तयारी पुरा भएको जनाएका छ ।
शुक्रवार दिउसो ३ : ३० देखि प्रज्ञा भबनमा चर्चित कलाकारहरुको बेजोड प्रस्तुती रहने साझको सम्पूर्ण तयारी पुरा भएको सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले बताउनुभयो ।
साङ्गीतिक र सांस्कृतिक प्रवर्द्धसँगै भ्रमण वर्ष २०२० लाई समेत मध्यनजर गरेर आयोजना गरिएको लागिएको कार्यक्रममा दर्जन बढी कलाकारहरुको प्रस्तुती रहनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा करिब १५ सय दर्शक उपस्थित हुने बताइको छ । कार्यक्रमको संयोजन सरोकार केन्द्रका उपाध्यक्ष बलबहादुर तामाङले गर्नु भएको छ । संगीत तर्फको संयोजन कलकार माधव प्रधान र अशोक लोहरुङ राईले गर्नुहुने छ ।
कार्यक्रममा राजे्शपायल राई, मेलिना राई , चर्चित कलाकार मनोज गजुरेल, झुमा लिम्बू, सुशन साम्सोहाङ, कुशल थलङ, बीरेन्द्र श्रेष्ठ,कञ्चन थलङ, विना भट्टराई, पदम राई, तारा थेबे, जसोदा सुब्बा, मोहन मादेन, सुष्मा लिवाङसँगै, अतिथि कलाकारहरू राजेशपायल राई र मेलिना राईको प्रस्तुति रहनेछ।
भने लाखे नाच च्याबुङ नाच, धान नाच, स्याब्रु नाच लगायत विभिन्न सांस्कृतिक प्रस्तुति रहने सरोकार केन्द्रका उपाध्यक्ष तथा ताप्लेजुङ साझका प्रचार संयोजक टंक श्रेष्ठले बताउनुभयो । उहाँले ताप्लेजुङ झल्कने बृत्तचित्र समेत प्रस्तती रहने बताईएको छ ।



















