शेर्पा विद्यार्थी संघमा डेमा छिरिङ

वेलकम खबर
माघ १२, २०७६

काठमाडौँ – नेपाल शेर्पा विद्यार्थी संघको अध्यक्षमा डेमा छिरिङ शेर्पा सर्वसम्मत चयन भएकी छन्। शनिबार सम्पन्न १२औं राष्ट्रिय महाधिवेशनबाट डेमा छिरिङको अभ्यक्षतामा ४२ सदस्यीय नयाँ कार्य समिती सर्वसम्मत रुपमा चयन भएका हुन।

संघको बरिष्ठ उपाध्यक्षमा पासाङ शेर्पा उपाध्यक्षहरुमा ङिमा याङजी शेर्पा, जिपछिरिङ शेर्पा,आङ टासी शेर्पा र महासचिवमा पासाङ शेर्पा सचिवमा मिङमा डोल्मा शेर्पा,सोनाम शेर्पा,छिरिङ शेर्पा तथा कोषाध्यक्षमा आङ दावा शेर्पा र सह कोषाध्यक्षमा फुपु छोकी शेर्पा सर्वसम्मत चयन भएका छन् ।

संघिय राज्यको अभ्याससँगै शेर्पा विद्याथी संघले समेत स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रमा समिती विस्तार गरी देशभरका शेर्पाहरु एकिकृत भएका छन् । संघले शेर्पा विद्यार्थीहरुको हकहित, सुरक्षा, प्रोत्साहन, छात्रवृती वितरण र सामाजिक न्यायका लागि विभिन्न कार्यहरु गर्दै आएको छ । विद्यार्थी संघ विगत साढे दुई दशक देखि शेर्पा बिद्यार्थीहरुको शैक्षिक क्षेत्रमा सहभागीताका लागि वकालत गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*