नेपालमा कोरोना भाइरस भेटिएको आशंका, एक जनामा संक्रमण भएको पुष्टि

वेलकम खबर
माघ १०, २०७६

काठमाडौं,  नेपालमा ‘कोरोना भाइरस’को संक्रमण भेटिएको पुष्टि भएको छ ।

चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणको रिपोर्टमा ‘कोरोना भाइरस’को संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

नेपालमा ‘कोरोना भाइरस’को परीक्षण गर्ने प्रविधि नभएपछि सो भाइरसको आशंका गरिएका ती युवाको स्याम्पल हङकङ पठाइएको थियो ।

केही दिन अघि चीनबाट स्वदेश फर्किएका उनमा ज्वारोको समस्या देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको थियो । तर, उनको स्वास्थ्य अवस्थामा सुधार भएको भन्दै शुक्रराज अस्पतालले माघ तीन गते अस्पताल बाट डिस्चार्ज गरेको थियो । स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ती युवामा ‘कोरोना भाइरस’को संक्रमणा पुष्टि भएको जानकारी गराएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*