प्रदेश १ को मन्त्रिपरिषद्‍ विस्तार : थपिए चार राज्यमन्त्री

वेलकम खबर
माघ ५, २०७६

विराटनगर : मुख्यमन्त्री शेरधन राईले चार राज्यमन्त्री थप्दै आइतबार मन्त्रिपरिषद‍् विस्तार गरेका छन् । थपिएका राज्यमन्त्रीमा ओखलढुंगाका अम्बिरबाबु गुरुङ, इलामका रामबहादुर मगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वास रहेका छन्।

गुरुङलाई भौतिक पूर्वाधार, गजमेरलाई सामाजिक विकास, मगरलाई कृषि तथा सहकारी र विश्वासलाई पर्यटन राज्मन्त्रीको जिम्मेवारी दिइएको छ । यो सँगै प्रदेश १ को मन्त्रिपरिषद् सदस्य संख्या ९ पुगेको छ ।

प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री राईले नवनियुक्त राज्यमन्त्रिलाई शपथ खुवाएका छन्।उनीहरुले आइतबार नै मन्त्रालय सम्हालेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*