नेकपा सचिवालयको निर्णय- सभामुखमा अग्नि सापकोटा

वेलकम खबर
माघ ५, २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार अपरान्ह बसेको सचिवालय बैठकमा सापकोटाको नाम सर्बसम्मत अनुमोदन भएको हो ।

नेकपामा सहमति जुट्न नसक्दा ३ पटक प्रतिनिधिसभाको बैठक स्थगित भएको थियो । नेकपाका महासचिव विष्णु पौडेलले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको बताए । उनले उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने पनि जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*