श्रीमतीले आफ्नै श्रीमान १ हजार १ सयमा बेचेपछि…

वेलकम खबर
पुस २९, २०७६

काठमाडौं । परस्त्रीसँग लागेको थाहा पाएपछि एक महिलाले आफ्नै श्रीमानलाई १ हजार १ सयमा बेचेकी छिन। केन्यामा बस्दै आएकी उक्त महिलाले श्रीमानलाई सबक सिकाउनका लागि परस्त्रीलाई १ हजार १ सय ३२ मा बेचिदिएकी हुन्।

एडना मुकावाना नामक ति महिलाले परस्त्रीसँग श्रीमानलाई आपत्तिजनक अवस्थामा भेटेपछि घरबाटै निकाली दिएकि थिइन्। त्यो भन्दा पहिले उनले आफ्नो सौतालाई १७ डलर लिएर श्रीमान छोड्न आग्रह गरेकी थिइन् तर सौताले उल्टै एडनालाई म तलाई १७ डलर दिन्छु तेरो श्रीमान छोड भने पछि उनले यस्तो कदम बढाएकी हुन्। भने जति पैसामा श्रीमान बेचेर एडनाले बच्चालाई कपडा किनिदिएकि छिन । ‘श्रीमानको यस्तो हर्कत आफ्नै आँखाले देखेपछि उसँग बस्नु पनि राम्रो होइन’ उनि भन्छिन।
एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*