असफलतासँग किन डराउने ?
एक जना बुद्धिमान व्यक्तिले एउटा कार्यक्रमको आयोजना गरे । उक्त कार्यक्रममा ती व्यक्तिले जीवनमा दुःखहरुबाट कसरी छुटकारा पाउने भन्ने बारेमा बताउन लागेका थिए । उनका कुरा सुन्न मानिसहरु भेला भएका थिए । ती व्यक्ति कोठामा प्रवेश गरे । उनले भिडलाई एउटा चुट्किला सुनाए । सबै मानिसहरु उनको चुटि्कला सुनेर मज्जाले हाँसे ।
एक-दुई मिनेटपछि ती व्यक्तिले मानिसहरुलाई फेरी त्यहि चुटि्कला सुनाए, तर केही व्यक्तिहरु मात्र चुटि्कला सुनेर हाँसे । त्यस्तै उनले तेस्रो पटक पनि त्यहि चुटि्कला भने तर त्यहाँ भेला भएका कोही पनि हाँसेनन् ।
असफलता जीवनको एउटा वास्तविकता हो, जसको सामना सबै मानिसले आफ्नो जीवनमा गर्नै पर्छ । यसबाट कोहि पनि भाग्न सक्दैन ।
अल्बर्ट आइन्स्टाइनका अनुसार यदि कुनै व्यक्ति कहिल्यै असफल भएको छैन भने त्यसको अर्थ उसले आफ्नो जीवनमा कहिले केही नयाँ गर्ने कोशिश गरेको छैन ।
यदि तपाईं असफल हुनु भएको छैन भने त्यसको अर्थ तपाईं आफ्नो जीवनमा चुनौति उठाउन डराउनु हुन्छ । तपाईंको जीवनको सबैभन्दा ठूलो चुनौती भनेको तपाईंले कुनै पनि चुनौती नलिनु हो । कुनै पनि व्यक्ति चुनौति नउठाइ इतिहास विकसित गरेको छैन । त्यसैले तपाईंले पनि जीवनमा जोखिम त लिनै पर्छ ।
त्यसैले जीवनमा अगाडि बढ्नका लागि चुनौतीहरुलाई स्वीकार गर्नु पर्छ । यदि तपाईं केही कुरालाई गहिरिएर विचार गर्नु भयो भने तपाईं सजिलैसंग आफ्नो असफलतालाई सफलतामा परिर्वतन गर्न सक्नु हुन्छ ।
आफ्नो असफलताहरुबाट सिक्नु पर्छ
तपाईं असफल हुनु ठुलो कुरा होइन तर तपाईंले आफ्नो असफलताबाट के सिक्नु भयो भन्ने महत्वपूर्ण कुरा हो । थमस अल्वा एडिशन बाल्यवस्थाबाट नै हरेक प्रयोगमा असफल हुन्थे । ९ हजार ९ सय ९९ वटा प्रयोग गरेपछि उनले विद्युतिय बल्ब बनाए । उनी हरेक प्रयोग असफल हुँदा आफु असफल भए भनेर कहिल्यै सोच्दैन थिए । उनी आफ्ना हरेक असफलताबाट के सिकें भन्ने सोच्थे ।
असफलता कुनै समस्या होइन तर आफ्नो असफलताहरुबाट केही नसिक्नु ठूलो समस्या हो । समस्या समस्यामा हुँदैन, समस्यालाई समस्या नसम्झनु एउटा ठूलो समस्या हो ।
हामी प्रायः आफ्नो असफलताहरुलाई स्वीकार गर्न डराउँछौ र आफु स्वयंलाई विभिन्न वाहाना बनाएर सम्झाउन थाल्छौं । आफ्नो असफलताका लागि अरुलाई दोषि ठहर्याउँछौं ।
मानिससंग आफु असफल हुनुको विभिन्न कारणहरु छन् भन्छन् । कोहि मसंग पैसा थिएन भन्छन्, कोहि मसंग शक्ति थिएन भन्छन्, कोहि मसंग अवसर थिएन भन्छन् । तपाइसंग साधन छैन, त्यो ठिक हो तर तपाईंसंग साधन जुटाउने क्षमता छ भने तपाईंलाई कसैले रोक्न सक्दैन ।
आफ्नो असफलताको बहाना खोज्नु हुँदैन किनभने त्यसले केही समयका लागि त तपाईंको मन बुझाउँछ तर त्यसले तपाईंलाई तपाईंको सफलताबाट धेरै टाढा पनि गराउन सक्छ । तपाईं जुन समयमा आफ्नो असफलतालाई मनबाट स्वीकार गर्नु हुन्छ र आफ्नो व्यक्तिगत विकासका लागि यसको महत्व बुझ्नु हुन्छ, त्यहि क्षणबाट तपाईं सफलतामा पहिलो पाइला राख्नु हुन्छ ।
आफैंलाई सोध्नु पर्छ
तपाईं आफुले आफैंसंग कसरी कुरा गर्नु हुन्छ भन्ने कुरामा सावधान हुनु होस्, किनभने तपाईंले आफुले बोलेको सुनिरहनु भएको छ । आफुले स्वयंलाई म असफल किन हुन्छु ? भनेर कहिल्यै सुध्नु हुँदैन ।
मैले आफ्नो त्यस्तो कुन शक्तिलाई अहिलेसम्म प्रयोग गरेको छैन भनेर सोध्नु पर्छ । यदि तपाईंले आफ्नो समस्त ध्यान आफ्ना कठिनाईहरुमा केन्दि्रत गर्नु भयो भने कुनै पनि कुरामा तपाई सफल हुने सम्भावना पनि सकिन्छ ।
असफलताबाट डराउनु हुँदैन
सफलता प्राप्त नहुने प्रमुख कारण भनेको तपाईंमा कुनै पनि काममा असफल हुने डर हुनु हो । यदि एक पटक तपाईंले आफुले यो कुरा गर्न सक्दिन भन्ने मान्नु भयो भने तपाईं आफ्नो भित्रि मनबाट प्रयत्न गर्न सक्नु हुन्न र बारम्बार असफल हुनु हुन्छ र यहि डर तपाईंमा हावी हुन्छ ।
क्यान्सर जस्तो रोग एक पटक ठीक हुन सक्छ तर तपाईंको सोचलाई कुनै बाहिरी व्यक्तिले ठीक गर्न सक्दैन । असफल हुँदा तपाईं अझ बलीयो बन्नु हुन्छ र तपाईंलाई आफ्नो लक्ष्य अझ स्पष्ट भएको पाउनु हुन्छ ।
लक्ष्य बनाउनु पर्छ
यदि तपाईंलाई सफलता प्राप्त गर्नु छ भने तपाईले आफ्नो कुनै एउटा लक्ष्य निर्धारित गर्नु पर्छ । आफ्नो लक्ष्यमा हर सम्भव मेहनत गर्नु पर्छ । धेरै कामहरु एकै पटक गर्नु पर्दैन । त्यो कुरा गर्नु पर्छ, जुन सही हुन्छ । केवल सजिलो कुरा मात्र गर्न खोज्नु हुँदैन ।
इच्छा शक्ति बढाउनु पर्छ
इच्छा शक्ति जगाउनु पर्छ साथै आफ्नो भावनात्मक भावनालाई पनि जगाउनु पर्छ, किनभने भावनात्मक भावना बिना वील पावर अधुरो हुन्छ । वील पावरको अर्थ मैले यो गर्नु नै पर्छ र वील पावरसंगै भावनात्मक भावनाको अर्थ मलाई यो चाहियो चाहियो भन्ने हो । जब कुनै काममा तपाईं भावनात्मक भावना जोडियो भने त्यो काम तपाईंका लागि सजिलो हुन्छ ।
सफल ब्यक्तिको सफलताबाट मात्र होइन असफलताहरुबाट शिक्षा लिनु पर्छ
प्रायः मानिसहरु आफ्नो तुलना अरुसंग गर्छन् । उनीहरु अरुको सफलता देखेर आफु उनीहरु जस्तो सफल किन नभएको होला ? भनेर सोच्छौं । एउटा सफल व्यक्तिले पनि आफ्नो जीवनमा विभिन्न असफलताहरुको सामना गरेको होला भन्ने कुरा उनीहरुलाई सायदै थाहा होला ।
यदि तपाईंलाई आफ्नो जीवनमा तिव्र रुपमा सफलता प्राप्त गर्नु छ भने सफलताको कथाहरु नपढ्नुहोस् । यदि कथा नै पढ्ने हो भने असफलताको कथाहरु पढ्नु होस्, जसले तपाईंलाई तपाईं भित्रको कमी-कमजोरीका बारेमा थाहा हुन्छ र राम्रोसंग आफ्नो कमीलाई सुर्धान सक्नु हुन्छ ।
जति छिट्टो हामीले आफ्नो असफलताहरुबाट डराउन छाड्छौं र त्यसबाट केहि सिक्न थाल्छौं, त्यति नै सहज तरिकाले हामी सफलताको भर्याङ चढ्न थाल्छौं ।