ताप्लेजुङमा एचपिएफको शैक्षिक क्षेत्रमा राम्रो योगदान

वेलकम खबर
पुस २८, २०७६

 

ताप्लेजुङ । धेरै सरकारी तथा गैर सरकारी निकायको पुँजीगत अर्थात् विकास बजेट चालू अर्थात प्रशासनिक भन्दा धेरै बढी खर्च भएको पाइन्छ ।नेपालको ताप्लेजुङमा मात्रै   सञ्चालित हुमन प्राक्टिस फाउण्डेसन(एचपीएफ)को बजेट भने कम र पुँजीगत बजेट बढी खर्च भएको पाईएको छ । यसले एचपीएफको समग्र भौतिक पूर्वाधार कार्यमा सकारात्मक परिवर्तन देखिएको छ ।

डेनिस अन्तराष्ट्रिय समन्वयमार्फत बिद्यालय पूर्वाधार,गुणस्तरीय शिक्षा,बिद्यालय सुबिधा र बिद्यालयमा आधारित मधुमेह रोकथाम कार्यक्रमको प्रगतिले यस्तो सूचक देखाएको हो । एचपीएफले शुक्रवार आफुले बितरण गरेको सेवा र सुबिधाका बारेमा सरोकारवालको राय लिन जिल्ला परियोजना सल्लाहकार समितिको बैठकसंगै सामाजिक परीक्षण कार्य गरेको थियो ।

एचपीएफ टिम लिडर अमित श्रेष्ठद्धारा प्रस्तुत प्रतिबेदन अनुसार प्रशासकिन बजेटमा बिनियोजित बजेटको १२ प्रतिशत मात्र खर्च गरेको छ । उसले बिद्यालय पूर्वाधार कार्यक्रममा कूल बजेटको ६५ प्रतिशत खर्च गरेको जनाएको छ । उसले बिद्यालय सुबिधा कार्यक्रममा १७ प्रतिशत,बिद्यालयमा आधारित मधुमेह रोकथाम कार्यक्रममा ५ प्रतिशत र सुरुआती कार्यक्रम रहेकोले गुणस्तरीय शिक्षामा १ प्रतिशत खर्च गरेको जनाएको छ । बजेट र त्यसको भौतिक प्रगतिको अवस्थालाई बिश्लेषण गर्ने हो भने यो निकै सकारात्मक संकेत हो । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले एचपीएफको प्रगतिले बित्तीय अनुसासनको संकेत दिन खोजेको बताए । पुँजीगत बजेट बढी खर्च हुनु भनेको विकासको सूचाङ्क बढ्नुको रुपमा लिन सकिन्छ । बिद्यालय पूर्वाधार कार्यक्रमको कूल बजेट १४ करोड ८० लाख ५० हजार ६९० रहेकोमा १४ करोड ६३ लाख ५८ हजार ८८९ रुपैंया खर्च भईसकेको छ । ५ करोड ११ लाख ५० हजार बजेट रहेको बिद्यालय सुबिधा कार्यक्रममा ३ करोड ५७ लाख ९ हजार ६०३ रुपैंया खर्च भएको छ ।

२ करोड ४० लाख ७५ हजार रुपैंया बजेट रहेको ३० लाख ५२ हजार ३५५ रुपैंया तथा १२ करोड ३८ लाख २५ हजार बजेट रहेको बिद्यालयमा आधारित मधुमेह रोकथाम कार्यक्रममा १ करोड १० लाख २६ हजार ५१७ रुपैंया खर्च भएको छ । २ करोड २९ लाख २१ हजार ७४० रुपैंया प्रशासनिक बजेट रहेको एचपिएफले त्यसको १२ प्रतिशत मात्रै खर्च गरेको छ ।‘पुँजीगत खर्च गरेर प्रशासनिक खर्च उब्रिनु जति सन्तोषजनक कार्य अरु के होला र ?’सामाजिक परीक्षण कार्यक्रममा गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष खड्गबिक्रम सुबेदीले भने । उनले एचपिएफका कार्यक्रमले ताप्लेजुङका सबै बिद्यालयलाई कार्यक्षेत्र बनाउनुपर्नेमा जोड दिए । पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र श्रेष्ठले एचपिएफले कार्यान्वयन गर्ने क्षेत्र फराकिलो र आर्थिक अनुसाशनयुक्त रहेको कार्य गरेको पाईएको भन्दै यसले जिल्लाका सबै बिद्यालयमा कार्यक्रम फैलाउन सके जिल्लागत शिक्षण सिकाईमा सुधार आउने संकेत आफुले पाएको बताए । यहाँका ३३ वटा बिद्यालयमा एचपिएफले संस्थागत फैलावट गरेको छ । शिक्षा सम्वन्धी कार्यक्रमममार्फत उसले भर्ना अभियान कार्यक्रममा यहाँका ३३ विद्यालयमा अभियानको नेतृत्वकर्ताको भूमिका लिएको जनाएको छ । २६ वटा बिद्यालयमा आधारभुत तहका शिक्षकहरुको पाठ्यक्रममा आधारित शिक्षण सिकाई र सामाग्री विकास तथा प्रयोग प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गेको तथा ति प्रशिक्षकहरुबाट सम्वन्धित विद्यालयका शिक्षकहरुलाई सोहि विषयमा २ सय १० जना शिक्षकलाई तालिम सञ्चालन गरको समेत उसले जानकारी दिएको छ । तालिम प्रााप्त शिक्षकहरुलाई वालमैत्री सामाग्री निर्माण सहयोग र १० वटा बिद्यालयमा बाल क्लव गठन तथा सञ्चालनमा सहजीकरण गरेको उसले जानकारी दिएको छ ।

यस्तै ५ वटा बिद्यालयको विद्यालय सुधार योजनाको निर्माणमा सहजीकरण,२२ वटा बिद्यालयका माध्यामिक तहका गणित विषयको शिक्षकहरुलाई तालिम र २४ विद्यालयका ९ सय ६० जना विद्यार्थीलाई अंग्रेजी भाषा तालिम सञ्चालन गरेको एचपीएफले जनाएको छ ।

यस्तै एसईई तयारी कक्षा सञ्चालन सहजीकरण र सहयोग,स्थानीय तह–विद्यालय व्यवस्थापन समिति–प्रधानाध्यापक बीच गुणस्तरीय शिक्षा विषयक अन्र्तक्रिया,सूचना,सञ्चार तथा प्राविधि सम्वन्धी तालिम, विज्ञान शिक्षक तालिम, विद्यालय सुविधा शिक्षक तालिम र फोकल शिक्षक तालिम पुस्तकालय व्यवस्थापन तालिम समेत सञ्चालन भएको एचपीएफले जनाएको छ । बिद्यालय पूर्वाधारतर्फ २४ वटा बिद्यालयको भवन निर्माण गर्ने लक्ष्य लिएकोमा १७ वटाको पूरा भएको छ भने ५ वटा निर्माणाधिन र २ वटा सुरुआती चरणमा रहेका छन् । २१ वटा बिद्यालयमा शौचालय निर्माणको लक्ष्य लिएकोमा १५ वटा सम्पन्न भएका छन् भने ६ वटा निर्माणाधिन अवस्थामा रहेको एचपिएफले जनाएको छ । खानेपानीतर्फ ६ वटा लक्ष्य रहेकोमा १ वटाको निर्माण सम्पन्न भएको छ भने ५ वटा सुरुआती चरणमा रहेका छन् ।

नेपाल सरकारको लक्ष्य जस्तै उसले पनि आफुले कार्यक्षेत्र बनाएको बिद्यालयमा सेनीटरी प्याड र त्यसलाई व्यवस्थापन गर्ने स्थान समेतको व्यवस्थापन गरिदिएको छ । कार्यक्रममा जिल्ला परियोजना सल्लाहकार समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेन,सिरिजङ्घा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङ र आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष बिश्वनाथ सिटौलाले एचपीएफको आगामी भबिष्य सुन्दर बनाउन बिगतको कार्य सम्पादनलाई निरन्तरता दिनुपर्ने बताए । एचपीएफका नेपाल निर्देशक शिब रायमाझीले आफ्ना कर्मचारीका बारेमा बित्तीय अनुशासन गुमेको एउटा जानकारी पन पाउनासाथ आफुलाई खबर गर्न आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*