पाथीभरा जाने सडक नबनेकोमा सरकारको ध्यानाकर्षण भयो : मन्त्री नेम्वाङ (फोटो फिचर )

वेलकम खबर
पुस २३, २०७६

ताप्लेजुङ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले ताप्लेजुङमा सञ्चालित विभिन्न राष्ट्रिय गौरवका आयोजनाको निरीक्षण गर्नु भएको छ ।आज ताप्लेजुङ आउनु भएका मन्त्री नेम्वाङले सुकेटार पाथीभरा सडक खण्ड, उत्तरदक्षिण लोकमार्ग, फुङलिङ बजार वाईपास सडक खण्ड र बहानन्दे दोभान गुफा सडक (मदन भण्डारी) राजमार्गको निरीक्षण गर्नु भएको हो ।

निरीक्षणपछि मन्त्री नेम्वाङले जिल्लामा भइरहेको बिकासमा मन्त्रालयको प्रर्याप्त ध्यान गएको बताउदै सडक निर्माणको लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । समृद्ध नेपाल सुखी नेपाली बनाउने सरकारको अभियानमा मन्त्रालयले जस्तो सुकै काम गर्न तत्पर रहेको बताउनुभयो ।

२०७२ सालमा पाथीभरा  जाने बाटो कालोपत्रे गर्ने भनेर १० करोड मन्त्रालयले विनियोजन गरेर पनि काम भने नभएको बताउदै सो सडकले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल सरकार तथा मन्त्रालयको गंभिर ध्यानाकर्षण भएको बताउनुभयो ।
राष्ट्रिय गौरवको आयोजना नेपाल तिब्बत जोडने उत्तरी ओलाङगोला नाका जोडन ७ किलो मिटर मात्र बाकी रहेकोले समयमानै निमार्ण सम्पन्न गर्न मातहतका कर्मचारीलार्ई निर्दैशन दिदै स्तरोन्रती लागि बजेट बिनियोजन गर्न आफु सदैब तत्पर रहेको मन्त्रि नेम्बाङले बताउनु भयो ।


मन्त्रालयका सचिव देवेन्द्र कार्की सडक विभागका महानिर्देशक प्रदेश न १ का सडक डिभिजन प्रमुख लगायतको टोलि सहित मन्त्री नेम्बाङ ताप्लेजुङ आउनु भएको थियो ।
मन्त्री नेम्वाङलाई विभिन्न १७ बुदे माग पत्र समेत राखिएको थियो । मागपत्रमा सुकेटार पाथीभरा सडक कालोपत्रे,तमोर करिडोर,उत्तर दक्षिण लोकमार्ग, फुङलिङ बजार बाईपास सडक, कञ्चनजंघा बेस क्याम्प जाने सडक कालोपत्रे ,फुङफुङे झरना जाने सडकलगायतका सडक निर्माणको माग गरिएको थियो सो माग पत्र फुङलिङ नगरपालिका मेयर छत्रपति प्याकुरेलले माग पत्र हस्तान्तरण गर्नु भएको थियो । मन्त्री नेम्वाङको टोलीलाई ताप्लेजुङमा भब्य स्वागत गरिएको थियो ।

तस्वीर : सुवास आर्चाय

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*