भौतिक मन्त्री नेम्बाङलाई ताप्लेजुङबासीले १७ बुदे माग पत्र पेश गर्ने

वेलकम खबर
पुस २२, २०७६

ताप्लेजुङ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङलाई ताप्लेजुङबासीले १७ बुदे माग पत्र बुझाउने भएको छ ।
मन्त्री भएपछि बुधवार पहिलो पटक ताप्लेजुङ आउन लाग्नु भएका मन्त्री नेम्वाङलाई विभिन्न राष्ट्रि«य गौरवका आयोजना सञ्चालनको लागि १७ माग पत्र बुझाउन लागिएको हो । मंगलवार ताप्लेजुङ जिल्लाबासीहरुको छलफलमा विभिन्न आयोजनाको आवश्यक रकम विनियोजनको लागि माग पत्र बुझाउने निर्णय गरेको हो ।
मागपत्रमा उत्तरदक्षिण लोकमार्ग ट्रयाक ओपन तथा स्तरोन्ती, सुकेटार पाथीभरा सडक कालोपत्रे कार्यका लागि केन्द्रबाट थप बजेट विनियोजन ,तमोर करिडोर कालेपत्रे,बहानन्दे दोभान बसन्तपुर सडक कालोपत्रे,थर्पु सिनाम,खाम्दिीम्वे तेल्लोक मामाखे हुदै कञ्चनजंघा बेस क्याम्प,मेची राजमार्ग तोक्मेडाँडा बुद्धचोक सडक खण्ड आगलागीका कारण क्षति भएकोले बैकल्पिक तोक्मेडाँडा भिन्तुना डाँडा पाथीभरा प्रावि हुदै सुकेटार, दोभान मेरिङदेन हुदै फुङफुङे झरना जाने बाटो कालोपत्रे,हेलिप्याड बसपार्क दर्गुर्ने हुदै फुङफुङे झरना जाने जाने मोटरबाटो निर्माण लगायतका रहेका छन ।

माग पत्रमा संविधानसभा सदस्य तथा पूर्व सांसद भुपेन्द्र थेबे,जिल्ला समन्वय प्रमुख घनेन्द्र मादेन,फुङलिङ नगरपालिका मेयर छत्रपति प्याकुरेल,पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले,उद्योग बाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरे,नेपाल पत्रकार महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठ,गैरसरकरी संस्था महासंघका अध्यक्ष खडगविक्रम सुवेदी,नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङमा मन्त्री विकास गौतमले हस्ताक्षर गर्नु भएको थियो ।
मन्त्री नेम्वाङ बुधवार विहान प्लेनमा ताप्लेजुङको सुकेटारमा अवतरण भई पाथीभरा जाने सडक, मदन भण्डारी राजमार्गको निरीक्षण गरी दिउँसो पाँचथरको अपरपुरमा हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ

mde

dav

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*