ताप्लेजुङ समाजको अध्यक्षमा पून तुम्वाहाम्फे

वेलकम खबर
पुस २०, २०७६

ताप्लेजुङ । ताप्लेजुङ समाज नेपालको प्रथम बार्षिक साधारणसभाले डम्बर बहादुर तुम्वाहाम्फेको अध्यक्षतामा १११ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मतले चयन गरेको छ ।
त्यसैगरी समितिको उपाध्यक्षमा, रमेश बराल,युवराज गुरुङ ,तारादेवी लिम्बु,इन्द्र ब.शेर्पा र टिका गुरुङ , महासचिवमा अग्नि पौडेल उपमहासचिवमा चैतन्य तुम्बाहाङफे,याजोम शेर्पा तिल प्रसाद लिम्बु,हरिप्रसाद थापा,देउमान विष्ट त्यस्तै कोषध्यक्षमा योगेन्द्र नेयोङ सहकोषध्यक्षमा सुजता पन्धाक,तपन राजभण्डारी सलमान थलङ ,सचिवमा प्रेम गुरुङ गुरु प्रसाद खतिवडा,प्रकाश इवाराम,खगेन्द्र राई,छत्र ब.राई, मान ब थलङ , पासाङ शेर्पा मिङमाकामी शेर्पा र मलिषा यक्सो,सहित वडा प्रतिनिधी ६१ जना,महिलाबाट १२ जना खुल्ला ११ जना गरी जम्मा १११ जनाको कार्यसमिती सर्वसम्मतले चयन गरेको हो ।

साधारणसभाले महासचिव अग्नि पौडेलले पेस गरेको आ.व. ०७५ र ०७६ को कार्यप्रगति तथा सांगठानिक प्रतिबेदन तथा कोषाध्यक्ष योगेन्द्र नेयोङले पेस गरेका आर्थिक प्रतिवेदन हलबाट सर्वसम्मत रुपमा पारित गरेको छ । कोषाध्यक्ष योगेन्द्र नेयोङले पेस गरेको आर्थिक प्रतिवेदनमा आय तर्फ २९,४६१२६ ।– ब्याय तर्फ २७८२३२१ ।– रहेको र नाफा तर्फ १,६३,८०५ ।–रहेको देखाईएको थियो ।

बार्षिक साधारणसभाको बन्दसत्रको लागि समाजका सल्लाहकार परिषद सचिव पूर्व सासद पासाङ शेर्पाको संयोजकत्वमा निर्वाचन मण्डल गठन गरेको थियो । कार्यक्रममा पूर्व मन्त्री मणी लामा,नेकपाका केन्द्रीय सदस्य तिलकुमार मेन्यङबो,पाथीभरा क्याम्पसका पूर्व संस्थापक अध्यक्ष ध्रुवनारायण क्षेष्ठ नेकपा जिल्ला नेता मातृका भट्टराई काग्रैस नेता छवि रमण गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*