ताप्लेजुङेहरु यसरी रमाए हिउँमा (फोटो फिचर )
ताप्लेजुङमा तीन दिन देखि लगातार हिमपात
ताप्लेजुङ । विहिवार देखि परेको हिमपात आईतवार पनि रोकिएका छैन । हिउ पर्न नरोकिएपछि ताप्लेजुङका माथिल्लो क्षेत्रका बासिन्दाहरु चिसोले प्रभावित बनेका छन । हिमपातले ताप्लेजुङका साविक कालिखोला,याम्फुदिन,पापुङ,लेलेप ओलाङचुगोला लिङखिम साँवा,फुरुम्बुको माथिल्लो क्षेत्रका बासिन्दाहरु प्रभावित बनेका हुन । पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएको पाथीरभर क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लले बताउनुभयो । हिउँ परे सगै सदरमुकाम फुङलिङका बासिन्दाहरु हिउ खेलेर आनन्द लिएको निर्देशक काफ्लेले बताउनुभयो ।
























