कांग्रेसले टुंगो लगायो राष्ट्रियसभाका उम्मेदवार (सूचीसहित)
काठमाडौं,१९ पुस–नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि १४ उम्मेदवारको नाम टुंगो लगाएको छ । शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको नामावली टुंग्याएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
९ माघमा १८ पदका लागि हुने निर्वाचनका लागि कांग्रेसले १४ उम्मेदवारको नाम टुंग्याएको हो । कांग्रेसले प्रदेश ६ का २ उम्मेदवार साँझसम्म टुंग्याउने प्रवक्ता शर्माले बताउनुभयो । बाँकी दुई सिटका लागि कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गरेको छ ।
यी हुन् कांग्रेसका उम्मेदवारहरु
प्रदेश नं. १
१. निरबहादुर विश्वकर्मा पाँचथर दलित
२. मिना पुलामी मगर सुनसरी महिला
३.राजेन्द्र घिमिरे झापा अन्य
प्रदेश नं. २
१. नगिना यादव महोत्तरी महिला
२.भोला पन्जियार धनुषा अल्पसंख्यक÷अपाङ्गता
प्रदेश नं. ३
१. हरिशरण श्रेष्ठ सिन्धुपाल्चोक अन्य
२. छलीकुमारी शर्मा उपाध्याय चितवन महिला
प्रदेश नं. ४
१. सूर्यप्रसाद रेग्मी स्याङ्जा अन्य
२. विमला गौचन म्याग्दी महिला
प्रदेश नं. ५
१. बालकृष्ण पाण्डे अर्घाखाँची अन्य
२. गिरिजा न्यौपाने दाङ महिला
३. मेराज हलवाई बाँके अल्पसंख्यक अपाङ्गता
प्रदेश नं. ७
१. प्रताप ठगुन्ना बैतडी अन्य
२. तुलसी देवकोटा कैलाली महिला



















