हरि नेपाललाई यसरी सम्झे काठमाण्डौमा
काठमाण्डौ । शहिद हरि नेपालको ४० औ स्मृति कार्यक्रम सोमवार काठमाण्डौंमा गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का स्थायी समिति सदस्य बेदुराम भुसालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै सदस्य भुसालले हरि नेपालले सपना साकार पार्दै जानु पर्ने धारणा ब्यक्त गर्नुभयो । सदस्य भुसालले हरिले नेपालले कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको स्मरण गदै उहाँको अठोरलाई पुरा गर्न अहिले नेकपा लागि परेको बताउनुभयो ।
त्यस्तै नेकपाका केन्द्रिय सदस्य एव्म पूर्व सांसद तिलकुमार मेन्याङ्वोले हरि नेपाल प्रति श्रद्धा सुमन अपर्ण गदै ताप्लेजुङमा तत्कालिन नेकपा माले स्थापना गर्न उल्लेख्य भुमिका खेलेको बताउनुभयो । उहाँले जिल्ला सचिव भएका तत्कालिन रुपमा कम्युनिष्टलाई राजनीतिक र साँगठानिक रुपमा मजबुद बनाएको बताउनुभयो ।

संविधान सभा सदस्य भुपेन्द्र थेबेले हरि नेपालले गरेको योगदानको स्मरण गदै उहाँको सपना साकार पार्न सवै जुटनुपर्ने धारणा ब्यक्त गर्नुभयो । प्रतिष्ठानका सदस्य निर्मला श्रेष्ठले हरि नेपाल समानता र सम्मानको आन्दोलनको लागि ठूलो योगदान दिएको बताउदै उहाँको सपना साकार पार्न सबै लाग्नपर्ने धारणा ब्यक्त गर्नभयो ।
कार्यक्रम हरि नेपाल स्मृति प्रतिष्ठानका अध्यक्ष भरत श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
ताप्लेजुङको सिनामा गाविसमा जन्मिएर नेपालको परिर्वतनमा होमिएका हरि नेपाल र संखुवासभाका चन्द्र पुरीलाई २०३६ साल पुष १३ गते राती २ बजे संखुवासभामा तत्कालिन सरकारले हत्या गरेको थियो ।
उता हरि नेपालको सम्झनामा ताप्लेजुङको सिनाममा सहिद पार्क निर्माण हुने भएको छ । सिनाममा २४ रोपनी जग्गामा अर्घकदको शालिक सहित चिल्डेन पार्क,पिकनिक स्पोर्ट,शान्ति बाटिका,२० वटा धारा राजनीतक पुस्तकालय लगायत निर्माण हुने भएको हो । सोको लागि गुरुयोजना अन्तिम चरणमा पुगेको संस्थाका सदस्य माधव श्रेष्ठले बताउनुभयो । उहाँले सिनाममा रहेका हरि नेपालको घरलाई संग्राहालय बनाईने भएको छ ।



















