आउने चुनावमा नेकपाले दुईतिहाइ बहुमत ल्याउछ : अध्यक्ष प्रचण्ड

वेलकम खबर
पुस १४, २०७६

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एक्लै दुई तिहाइ बहुमत ल्याउने दाबी गर्नुभएको छ ।

आइतबार चितवनको इच्छाकामना गाउँपालिकामा सपथ ग्रहण कार्यक्रममा अध्यक्ष प्रचण्डले त्यस्तो बताउनुभएको हो । निर्वाचन आउन तीन वर्ष बाँकि रहेको भन्दै प्रचण्डले पार्टी र सरकारको कामलाई प्रभावकारी बनाउँदा दुई तिहाइ सीट ल्याउन सकिने बताउनुभएको हो । प्रचण्डले भन्नुभयो,‘अब ३ वर्ष पार्टीको काम र सरकारको कामले आउने निर्वाचनमा एक्लैले दुई तिहाइ बहुमतको सुनिश्चितता गर्नुछ । त्यो प्रतिवद्धता हामीले व्यक्त गरेका छौं ।’

पार्टी एकीकरण प्रकृयाले लामो समय लिँदा केही समस्या देखिएको भएपनि आगामी दिनमा भने केही समस्या नदेखिने उहाँको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*