महोत्सव सफल बनाउन काठमाण्डौमा पूर्व साँसदको संयोजकत्वमा समन्वय समिति

वेलकम खबर
पुस १३, २०७६

काठमाण्डौ । फागुन ९देखि १३ गते सम्म ताप्लेजुङमा सञ्चालन हुने पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको तयारी तिब्र पारिएको छ ।
तयारीको क्रममा जिल्लामा उद्योग बाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेको संयोजकत्वमा मूल समिति बनाईएको छ भने महोत्सवलाई सफल बनाउन विभिन्न उप समितिहरु बनाईएको छ । महोत्सवलाई सफल बनाउन प्रचार प्रसार तिब्र दिएको छ । विहिवार मूल समारोह समितिले काठमाण्डौमा एक छलफल गरी महोत्सवको तयारीको बारेमा जानकारी गराएको थियो ।
सो छलफल पछि पूर्व सासद पासाङ शेर्पाको संयोजकत्वमा पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव काठमाण्डौ समन्वय समिति गठन भएको छ । सो समितिको सदस्यहरुमा चित्र गुप्त साँवा ईश्वरी पौडेल,रमेश बराल,टंक श्रेष्ठ,अग्नी पौडेल,बलबहादुर तामाङ,मिङमाकामी शेर्पा राजेन्द्र श्रेष्ठ र पदमजंग आङबोहाङ रहनु भएको छ । संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयमा भएको छलफलमा मन्त्री योगेश भट्टराईले भम्रण बर्ष २०२० पनि भएकोले महोत्सवलाई सफल बनाउन सहयोग रहने बताउदै पर्यटन मन्त्रालयका तर्फबाट आवश्यक रहने बताउनुभयो । उहाँले महोत्सवको लागि पर्यटन बोडबाट १० लाख रकम विनियोजन गरेको जानकारी गराउनुभयो । महोत्सवमा पाथीभरा म्याराथन विभिन्न किसिमको खेलकुद फुङफेङ झरना,ओलाङचुङगोला,तिम्बुङ पोखरी पाथीभरा दर्शनको लागि हेलिकोप्टरबाट दर्शन,भलिबल फोटो प्रर्दशन विभिन्न झाँकी प्रर्दशन गरिने महोत्सव मूल समारोह समितिका संयोजक तारानाथ घिमिरेले जानकारी दिनुभयो ।

महोत्सवलाई सफल बनाउन दार्जीलिङ,सिक्किम लगायतका ठाँउमा समितिका पदाधिकारीहरु प्रचार प्रसार गरेको छ सिक्किमका मूख्य मन्त्रीलाई समेत महोत्सवको लागि निमन्त्रणा गरेको महोत्सव मूल समारोह समितिका सह संयोजक मनमणि काफ्लेले बताउनुभयो । काठमाण्डौमा बनेको समन्वय समितिले सोमवार छलफल गरी महोत्सवमा के सहयोग गर्न सकिने हो सो बारे धारणा बनाउने छ । महोत्सवमा सम्पन्न गर्न ९२ लाख खर्च हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*