नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वेलकम खबर
पुस ११, २०७६

काठमाडौं,   प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । पार्टीमा प्रस्ताव गरिएका विभिन्न विभागहरुलाई पूर्णता दिन एवम् भ्रातृ संगठनहरुको तदर्थ समिति गठनका लागि आज बैठक बस्न लागेको हो।

यसअघि  बिहिबारको लागि तय भएको बैठक आज दिउँसो १ बजेका लागि सारिएको हो।  गत मंसिर २६ गते सुरु भएको केन्द्रीय कार्य समिति बैठक महाधिवेशनको कार्यतालिकालाई प्रमुख एजेन्डा बनाएर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पटकपटक बहिस्कार गरेपछि बैठक राम्रोसँग बस्न सकेको थिएन।

बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेका विभागहरु, तिनलाई प्रदान गर्ने नेतृत्व, तरुण दलमा सदस्य मनोनित एवम् नेविसंघको तदर्थ समिति गठन लगायतका विषयमा पौडेल पक्षले असहमति जनाउदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*