भ्रमण वर्षमा राजधानीको नाइटलाइफ जीवन्त राखौं : मन्त्री भट्टराई
काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजधानीमा पर्यटन आकर्षण गर्न नाइट लाइफ जीवन्त राख्नुपर्ने बताउनु भएको छ ।
आज राजधानीभित्रका महानगर तथा नगरपालिकाका प्रमुख तथा पदाधिकारीसँगको छलफलमा मन्त्री भट्टराईले राजधानी साँझ ५/६ बजे नै सुनसान हुने भन्दै उनले उपत्यकाको नाइट लाइफ जीवन्त राख्न आग्रह गर्नु भएको छ ।
उहाँले भन्नुभयो, ‘राजधानी ५/६ बजे नै सुतिसक्छ, तर, भ्रमण वर्षमा नाइटलाइफ जीवन्त राखौं, मठमन्दिरलाई लाइटिनिङ गरौं ।’ मन्त्री भट्टराईले भ्रमण वर्षमा सक्रिय सहभागिताका लागि सबै स्थानीय तहलाई आग्रहसमेत गर्नुभयो ।



















