सरकारबाट बाहिरिए उपप्रधानमन्‍त्री यादव र सहरी विकासमन्‍त्री राई

वेलकम खबर
पुस ८, २०७६

काठमाडौं : समाजवादी पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका दुई मन्त्रीले मंगलबार राजीनामा दिएका छन्। उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले राजीनामा दिएका हुन्। मंगलबार बिहान पार्टीले सरकार छोड्ने निर्णय गरेपछि उपप्रधानमन्त्री यादव र मन्त्री राईले पदबाट राजीनामा दिएका हुन्।

उपप्रधानमन्त्री यादवको राजीनामा पत्र

सहरी विकासमन्त्रीले राजीनामा दिनुपर्ने कारण उल्लेख नगरी संविधानको व्यवस्थाअनुसार राजीनामा दिएको विज्ञप्तिमार्फत् जानकारी गराएका छन्। उता उपप्रधानमन्त्री यादवले भने सोमबारको मन्त्रिपरिषद्‍मा आफूले पेश गरेको संविधान संशोधन प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडै अस्वीकार गरेपछि राजीनामा दिएको उल्लेख गरेका छन्।

सहरी विकासमन्त्री राईको राजीनामा पत्र

समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले २०७५ जेठ १४ गते संविधान संशोधनलगायत माग र मुद्दामा सम्बोधन गर्ने शर्तसहित सरकारका सहभागी भएको र शर्त पूरा नभएपछि राजीनामा दिएकोसमेत विज्ञप्तिमा जनाएका छन्।

उप्रधानमन्त्री यादवले मन्त्रिपरिषद्मा पेश गरेको संविधान संशोधन प्रस्ताव 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*