सिद्धबाबालाई महिलाको म्यासेज : ‘एकचोटि भेट्न पाए नि हुन्थ्यो, कति चुम्न मन छ’

वेलकम खबर
मंसिर १७, २०७६

सिद्धबाबाका नामले परिचित धर्मगुरु कृष्णदास गिरीलाई बलात्कारको आरोप लगाउने महिलाले सामाजिक सञ्जाल फेसबुक मार्फत एकोहोरो विभिन्न म्यासेजहरु पठाउँदै आएको खुलेको छ । धर्मगुरु कृष्णदासले आफूलाई ४ कात्तिकमा बलात्कार गरेको महिलाले आरोप लगाएकी छन् ।

बलात्कारको आरोप लागेपछि कृष्णदासका अनुवाईहरुले सलिना रामदासी नाग गरेकी उक्त महिलाले फेसबुकमा पठाएको म्यासेजहरु सार्वजनिक गरेका छन् । ती महिलाल विगत ६ महिनादेखि सिद्धबाबालाई एकोहोरो म्यासेज गरेकि थिइन् । उक्त म्यासेजको प्रिनट निकाल्दा ५२ पेज पुगेको प्रहरीले जनाएको छ।

म्यासेजहरुमा महिलाले कृष्णदासलाई एकान्तमा भेटेर चुम्बन र अंकमाल गर्ने इच्छा भएको बताएकी छन् । म्यासेजमा महिलाले अरुलाई बोलाएर भेट्ने तर आफूलाई भने वेवास्ता गरेको बताएकी छन् ।

ती महिलाले ४ अक्टोबर २०१९ मा पठाएको म्यासेजमा ४४ दिनभित्र भक्त र भगवानबीच वारपार हुने चेतावनी दिएकी छन् । उनले लेखेकि छन् , ‘अरुसँग बोलाएरै भेटिन्छ, मैले यती बिन्ती गर्दा नि यति वेवास्ता , अब समय सकियो जम्मा ४४ दिन छ कसरी पुर्ण बनाउने हो हजुरको हातमा छ’ ।

‘एकचोटि भेट्न पाए नि हुन्थ्यो, कति चुम्न मन छ। के यो झुटो होर ? हजुरको मनमा टोलाउँदा आफैं मुस्कुराउँछन् यी ओठ, के यो नाटक हो ?’ उनले लेखेकी छन् ।

‘बुढाले छुँदा पीडा हुन्छ, उहाँ (श्रीमान) पनि पराई भैसक्नुभो । म जती पराई कोही छैन  म घृणाको लायक छु, अझै घृणा गरिस्यो, यति घृणा गर्नुहोस् की मेरो छाती छियाछिया होस् ’ उनल लेखेकी छन् ।

कृष्णदासको तर्फबाट भने अधिकांश म्यासेजहरुको जवाफ दिइएको छैन । तर एकाध पटक कृष्णदासले ‘हलो’ इमोजीहरु रियाक्ट गर्ने गरेको पाइएको छ ।नेपाल समाचारपत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*