बंगलादेशी राष्ट्रपति आइपुगे, विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत
काठमाडौं : बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौं आइपुगेका छन्।उनी नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणका लागि मंगलबार मध्यान्न काठमाडौं आइपुगेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले हदिमलाई स्वागत गरेकी हुन्। राष्ट्रपति भण्डारीको निमन्त्रणामा उनी नेपालको राजकीय भ्रमणमा आएका हुन्। विमानस्थलमा उनलाई गार्ड अफ अनर दिइएको छ।
तीन दशकपछि यो स्तरको द्विपक्षीय भ्रमण हुन लागेको हो। सार्क स्थापना र नेपालले आयोजना गरेको सन् १९८७ को तेस्रो शिखर सम्मेलनमा पनि यस्तै भ्रमण भएको थियो। बंगलादेशका तत्कालीन राष्ट्रपति हुसेन मोहम्मद अर्सदले २०४५ असोज १६ मा नेपाल भ्रमण गरेका थिए।



















