प्रधानमन्त्रीसँग मेरो कुराकानी भइराखेको छ, भ्रममा नपर्नू– प्रचण्ड

वेलकम खबर
कार्तिक ५, २०७६

काठमाडौ ।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो कुराकानी भइराखेको बताएका छन्।

मिडियामा प्रचार गरिएजस्तो सम्बन्ध नबिग्रिएको बताएका दाहालले सोमबार पनि दुई घण्टा प्रधानमन्त्री ओलीसँग आफ्नो कुराकानी भएको बताए।

‘तपाईंहरू के भ्रममा नपर्नुहोला भने कहिलेकाहीँ मिडियामा आउने एक दुइटा कुराले ठूलै केही पो छ कि भन्ने छ भने त्यो भ्रम हो’ पाँचथरमा मंगलबार पत्रकारहरूसँग प्रचण्डले भने, ‘हिजोमात्रै प्रधानमन्त्री ओली र म दुई घण्टा बसेर समग्र अवस्थालाई कसरी लैजाने भनेर समीक्षा गरेर समझदारीमा जाने संकल्पसहित आएका छौं। अरू होहल्ला र प्रचारबाजीको भ्रममा कोही नपर्नुहोला।

पार्टी एकताका बेला गरेका सहमतिअनुसार प्रधानमन्त्री अघि नबढेको भन्दै प्रचण्ड र प्रधानमन्त्रीबीच दुरी बढेको समाचार आएका थिए। पार्टी एकताका बेला भएका सहमति कार्यान्वयन भइराखेको पनि उनले बताए।

‘पार्टी एकताका बेला भएका सहमति कार्यान्वयन नभएको भए एकता यो विन्दुसम्म आउनै सक्दैनथ्यो,’ उनले भने, ‘मुलभुत रूपमा हामी सहमति कार्यान्वयनमै छौं। अरू सबै समझदारी महाधिवेशनसम्म जाँदा कार्यान्वयन भइसक्छन्।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*